काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ७ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार क्षेत्रको विकास तथा प्रविधिको स्तरोन्नतिको उद्देश्यसहित मन्त्रालयका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन्।