ब्ल्याकभ्यू ट्याब मेगा २ नेपालमा सार्वजनिक

काठमाडौं । प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट, ब्ल्याकभ्यू ट्याब मेगा २, नेपाली बजारमा सार्वजनिक गरेको छ । 

ब्ल्याकभ्यू ट्याब मेगा २ मा १२ इन्चको एचडी आईपीएस डिस्प्ले रहेको छ, जसले १२०० * २००० पिक्सेल रिजोलुसन र ६० हर्ट्ज रिफ्रेस रेट प्रदान गर्छ । यो ट्याब्लेट युनिसक टाइगर टी ६१५ अक्टा-कोर प्रोसेसरद्वारा सञ्चालित छ र यसमा ८ जीबी वा १२ जीबी र्याम साथ २५६ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ। स्टोरेजलाई माइक्रोएसडी कार्डमार्फत २ टेराबाइटसम्म विस्तार गर्न सकिन्छ ।

यो ट्याब्लेटमा ९,००० एमएएचको ब्याट्री छ, जसले १८ वाट फास्ट चार्जिङलाई समर्थन गर्छ। क्यामेराको कुरा गर्दा, यसमा १६ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश छ । 

ट्याब्लेटले एन्ड्रोइड १५ अपरेटिङ सिस्टममा आधारित डोक ओएस ५.० चलाउँछ, जसले प्रयोगकर्तालाई सहज र अद्यावधिक अनुभव प्रदान गर्छ। यसमा डुअल(बक्स स्पिकर, वाइडभाइन एल १ सपोर्ट, र डुअल ४ जी सिम स्लट पनि छन्।

नेपालमा यो ट्याब्लेटको मूल्य ३१ हजार ९९९ रुपैयाँ तोकिएको छ । खरिदका लागि दाराज नेपाल र यन्त्र नेपाल मार्फत अनलाइन अर्डर गर्न सकिन्छ ।

ब्ल्याकभ्यूका नेपाल प्रतिनिधिका अनुसार, यो ट्याब्लेट मनोरञ्जन, काम र अध्ययनका लागि उपयुक्त छ । यो ट्याब्लेटले नेपाली बजारमा किफायती मूल्यमा आधुनिक सुविधाहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

Share News