एनसेल फ्ल्याश सेल्समा अब आकर्षक डेटा प्याक, लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क पहुँच

काठमाडौं । एनसेलले प्रत्येक शनिबार सामाजिक सञ्जालमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँच उपलब्ध गराउने भएको छ । एनसेलले साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँच उपलब्ध गराउने भएको हो ।

यो अफर शनिबार (जेठ ३) बाट शुरु भई हरेक शनिबार जेठ ३१ गतेसम्म संचालनमा रहने छ । शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफर अन्तर्गत ग्राहकहरूले विभिन्न चार वटा प्याकहरु किन्दा बिना कुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राम वा अनलिमिटेड यूट्यूब पाउने छन् । सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ् सेवा भने उपलब्ध हुने एनसेलले जनाएको छ । 

एनसेलका अनुसार फ्ल्याश सेल्समा डबल मजा, डेटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी चार वटा प्याकहरु समावेश रहेका छन् । यस अफर अन्तर्गत ग्राहकले कर सहित १५० रुपैयाँमा डबल मजा प्याक लिँदा ७ दिन समयावधी रहेको ७ जीबी डेटा पाउने छन् । यस बाहेक एक दिन अर्थात २४ घन्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउँने सुविधा पाउने छन् । त्यसैगरी कर सहित २९९ रुपैयाँ पर्ने डेटा रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रुपमा २४ घण्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्ने छन् ।

ग्राहकले रुचाएका दुई होम एण्ड अवे रिन्यूअल प्याकहरु पनि यो अफरमा समावेश छन् । ५९९ रुपैयाँको होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घण्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउने छन् । अर्को ७९९ रुपैयाँको होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयावधी रहेको ६५ जीबी पाउँछन् र साथै २४ घन्टाका लागि यूट्युवमा अनलिमिटेड पहुँच पाउने एनसेलले जनाएको छ ।

यो फ्ल्याश सेल्स अफरले ग्राहकहरूलाई सुलभ दरमा डिजिटल अनुभव प्रदान गर्ने एनसेलको निरन्तरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । डेटा सेवाको माग र सामाजिक सञ्जालको प्रयोग बढिरहेको अवस्थामा, अनलिमिटेड सोसल मिडिया चलाउन सकिने सुविधा सहित आउने यी प्याकहरूले ग्राहकहरुलाई थप फाइदा प्रदान गर्ने एनसेलको दाबी छ । 
 

Share News