
काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए ५६ फाइभजी स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ ।
शुक्रबारदेखि सोमबारसम्म (वा स्टक रहुञ्जेल) उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए ५६ फाइभजी प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नेछन् ।
ग्यालेक्सी ५६ फाइभजीले पहिलो पटक ’असम इन्टेलिजेन्स’ सहितको एआई अनुभव ल्याएको छ ।
वन यूआई सेभेनद्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआई टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्याएकाे छ ।
साथै यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्ने सामसुङ नेपालले जनाएको छ ।
२ हजार रुपैयाँ तिरेर ग्यालेक्सी ए ५६ फाइभजी प्रि-अर्डर गर्न सकिनेछ । प्रि-अर्डर गर्ने ग्राहकहरूले ७ हजार ९०० मूल्य पर्ने ग्यालेक्सी फिट थ्री ३ हजार ९०० मा प्राप्त गर्न सक्नेछन् ।
ग्यालेक्सी ए ५६ फाइभजी १२ जीबी र्याम+ २५६ जीबी स्टोरेजको मूल्य ७० हजार ९०० रुपैयाँ रहेको छ भने ८ जीबी र्याम+ २५६ जीबी स्टोरेजको मूल्य ६५ हजार ९९९ रुपैयाँ रहेको छ ।
यो फोन देशभरका आधिकारिक सामसङ स्टोरहरूमा शून्य ब्याजदरमा सजिलो ईएमआई योजनामा पनि उपलब्ध छ ।