सजिलो नेटको ब्राण्ड एम्बेस्डरमा बद्री पंगेनी नियुक्त

<p>काठमाडौं । इन्टरनेट सेवा प्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । सोमबार सम्पन्न सम्झौतासँगै देशभरका नेपाली परिवारसँग आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशातर्फ महत्वपूर्ण कदम चालेको सजिलो नेटले जनाएको छ । नेपाली लोकसंगीत क्षेत्रमा ख्याति कमाएका बद्री पंगेनीले आफ्ना मार्मिक तथा सन्देशमूलक गीतहरू मार्फत लाखौं दर्शक–श्रोताको मन [&hellip;]</p>

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।

सोमबार सम्पन्न सम्झौतासँगै देशभरका नेपाली परिवारसँग आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशातर्फ महत्वपूर्ण कदम चालेको सजिलो नेटले जनाएको छ ।

नेपाली लोकसंगीत क्षेत्रमा ख्याति कमाएका बद्री पंगेनीले आफ्ना मार्मिक तथा सन्देशमूलक गीतहरू मार्फत लाखौं दर्शक–श्रोताको मन जित्न सफल भएका छन् ।

सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सतीश कार्कीले पंगेनीलाई ब्राण्ड एम्बेस्डर बनाउन पाउँदा खुसी व्यक्त गरे ।

बद्री पंगेनीले सजिलो नेटसँग जोडिन पाउनु खुसीको कुरा भएको बताए ।

पंगेनीसँगको सहकार्यले ब्राण्डलाई अझ बलियो बनाउने विश्वास सजिलो नेटको छ ।

Share News