काठमाडौं । एनसेलले कुनै पनि प्याक किन्दा निःशुल्क बोनस रिसोर्स-डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्ने नयाँ स्किम सार्वजनिक गरेको छ । ‘म्याजिक रिसोर्सेस’ बोनस अफर अन्तर्गत, ग्राहकहरूले रिन्यूअल प्याक तथा अन्य प्रोडक्ट खरिद गर्दा ८ जीबीसम्म डेटा वा दुई सय मिनेटसम्म अन-नेट टक टाइम बोनस दिने भएको छ ।
कम्पनीका अनुसार यो अफर बिहीबार (फागुन १५) देखि लागू भइसकेको छ । कम्पनीले हालै अन लिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्न सधैँ अन रिन्यूअल प्याक सञ्चालनमा ल्याएको थियो । शुक्रवार सार्वजनिक नयाँ स्किम प्याक खरिद गर्ने ग्राहकहरूको लागि मात्र मान्य हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार ‘म्याजिक रिसोर्सेज’बोनस अफर अन्तर्गत, सधैँ अन रिन्यूअल प्याक, होम एन्ड अवे प्याक, अन लिमिटेड भ्वाइस, अन लिमिटेड डेटा लगायत १५ विभिन्न प्याकहरू खरिद गर्ने ग्राहकहरूले बोनस सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, ४ सय ९९ को अन लिमिटेड भ्वाइस रिन्यूअल प्याकमा ग्राहकहरूले ५ जीवी डेटा वा एक सय मिनेट अल नेट टक टाइम, वा एक सय अन-नेट एसएमएस बोनस प्राप्त गर्न सक्नेछन् ।