एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा, बोनस डेटा, टक टाइमसँगै उपहार

<p>काठमाडौं । एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकहरूका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ । यसअन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याकहरू किन्दा ग्राहकले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सक्छन् । आइतबार (फागुन ११)बाट सुरु भई चैत्र ९ सम्म सञ्चालनमा रहने यो अफरअन्तर्गत बोनसका साथ सेवाको फाइदा लिन र [&hellip;]</p>

काठमाडौं । एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकहरूका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ । यसअन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याकहरू किन्दा ग्राहकले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सक्छन् ।

आइतबार (फागुन ११)बाट सुरु भई चैत्र ९ सम्म सञ्चालनमा रहने यो अफरअन्तर्गत बोनसका साथ सेवाको फाइदा लिन र उपहार जित्ने मौका पाउनका लागि ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकहरूमध्ये कुनै एक प्याकको खरिद गर्न सक्छन् ।

यसरी छानिएका प्याकहरुमा सधैं अनअन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अनलिमिटेड रहेका छन् । सधैं अनका प्याकहरूका प्याकअनुसार ग्राहकहरुले ५ जीबी, ८ जीबी वा १० जीबी डेटा बोनसका रुपमा पाउँछन् ।

होम एन्ड अवेका प्याक किन्दा ५ जीबी वा ७ जीबी थप डेटा बोनस पाइन्छ । त्यसैगरी, ९९९ अनलिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्दछन् ।

सुरुवातमा एनसेल एपको विषेश अफरका रूपमा सञ्चालनमा ल्याइएको यो फ्ल्यास सेल अब हरेका हप्ता आइतबारका दिन ग्राहकहरुलाई बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागु भएको हो ।

उदाहरणका लागि, खल्तीबाट सधैं अन ७९९ को प्याक खरिद गर्दा प्याकमा पाइने अनलिमिटेड अल-नेट टक टाइम, ३० जीबी डेटा, ७९ अल-नेट एसएमएस बाहेक ग्राहकहरूले अब थप ५ जीबी बोनस डेटा प्राप्त गर्न सक्छन् ।

खल्तीसँगको यो साझेदारीले ग्राहकहरूलाई डिजिटल कारोबारका लागि प्रोत्साहन प्रदान गर्ने र उनीहरुका लागि सेवामा पहुँच अझै सुलभ हुने विश्वास एनसेलले लिएको छ ।

यसका अतिरिक्त, एनसेलले हरेक शनिबार एनसेल एपमा संचालन गर्दै आएको फ्ल्यास सेललाई जारी राखेको छ । एनसेल एपबाट शनिबारका दिन सेवा खरिद गर्दा ग्राहकहरूले बोनसका साथै फागुन २४ सम्मका लागि न्यूम्यूका सामान किन्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्छन् ।

Share News