सात महिनामा ५ अर्ब रुपैयाँको ल्यापटप आयात

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा ५ अर्ब रुपैयाँ बराबरको ल्यापटप आयात भएको छ । चालु आवको माघसम्म ५ अर्ब १८ करोड ७८ लाख रुपैयाँ बराबरको ल्यापटप र नोटबुक आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार ७५ हजार ७३९ वटा ल्यापटप र नोटबुक आयात हुँदा सरकारले ९८ करोड ५१ लाख रुपैयाँ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा ५ अर्ब रुपैयाँ बराबरको ल्यापटप आयात भएको छ । चालु आवको माघसम्म ५ अर्ब १८ करोड ७८ लाख रुपैयाँ बराबरको ल्यापटप र नोटबुक आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार ७५ हजार ७३९ वटा ल्यापटप र नोटबुक आयात हुँदा सरकारले ९८ करोड ५१ लाख रुपैयाँ बढी राजस्व उठाएको छ । गत आव २०८०/८१ को सोही अवधिमा ४ अर्ब ४२ करोड रुपैयाँको ल्यापटप र नोटबुक आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । ६८ हजार ५३९ वटा ल्यापटप आयात हुँदा ६० करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत वर्षको तुलनामा आयात ७६ करोड ५४ लाख २४ हजार रुपैयाँले बढेको छ । साथै गत वर्षको तुलनामा ७ हजार २०० वटा बढी ल्यापटप र नोटबुक आयात भएको छ । गत वर्षको तुलनामा आयात १७.३० प्रतिशतले बढेको हाे ।

नेपालमा विशेषगरी ३६ वटा देशबाट ल्यापटप र नोटबुक आयात हुने गरेकाे विभागको तथ्यांकमा उल्लेख छ । यो वर्ष सबैभन्दा धेरै चीन, मलेसिया, भारत र सिंगापुरजस्ता देशहरूबाट आयात भएको छ ।

चीनबाट मात्रै ४ अर्ब ९५ करोड रुपैयाँको ल्यापटप आयात भएको छ । यसैगरी, मलेसियाबाट १० करोड र भारतबाट १ करोड ४५ लाख रुपैयाँको आयात भएको विभागले जनाएको छ ।

३२ करोडको ट्याबलेट आयात

चालु आवको माघसम्म ३२ करोड ४२ लाख रुपैयाँको ट्याबलेट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । १३ हजार ९९३ वटा ट्याबलेट आयात हुँदा सरकारले ६ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

गत वर्षको सोही अवधिमा २६ करोड ७७ लाख रुपैयाँ बराबरको ट्याबलेट आयात भएको थियो । गत वर्षको तुलनामा आयात ५ करोड ६४ लाख ९३ हजार रुपैयाँले बढेको छ । विभागका अनुसार गत वर्षको तुलनामा आयात २१.१० प्रतिशतले बढेको हाे ।

यो वर्ष नेपालमा २० वटा देशहरूबाट ट्याबलेट आयात भएको छ । सबैभन्दा धेरै चीन, भियतनाम, अमेरिका र भारत जस्ता मुलुकबाट आयात भएको छ ।

चीनबाट ३१ करोड ५० लाख रुपैयाँ बढीको आयात भएको छ । साथै भियतनामबाट २९ लाख र अमेरिकाबाट २२ लाख रुपैयाँ बराबरको ट्याबलेट आयात भएको विभागले जनाएको छ ।

Share News