अब अनुमतिबिना विदेशी सिम र रिचार्ज कार्ड बेच्न नपाइने

<p>काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्नुअघि ‘नो-अब्जेक्सन’ प्राप्त गर्न निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो निर्देशन जारी गरेको हो । पछिल्लो समय विदेश यात्रा गर्न जाने व्यक्तिहरूलाई लक्षित गरी नेपालमा विदेशी सिम र रिचार्ज बिक्री हुने गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणकी सूचना अधिकारी प्रतिमा [&hellip;]</p>

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्नुअघि ‘नो-अब्जेक्सन’ प्राप्त गर्न निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो निर्देशन जारी गरेको हो ।

पछिल्लो समय विदेश यात्रा गर्न जाने व्यक्तिहरूलाई लक्षित गरी नेपालमा विदेशी सिम र रिचार्ज बिक्री हुने गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकी सूचना अधिकारी प्रतिमा घिमिरेका अनुसार विदेशी मुलुकका दूरसञ्चार सेवाप्रदायक कम्पनीका सिम र रिचार्ज कार्ड बिक्री गर्न प्राधिकरणबाट नो-अब्जेक्सन लिनुपर्ने व्यवस्था रहेको भन्दै सोहीअनुसार अनुमति प्राप्त गर्न सूचनामार्फत ध्यानाकर्षण गराएको हो ।

उनले भने, ‘हाल नेपालमा प्राधिकरणबाट अनुमति नलिइकन विदेशी दूरसञ्चार सेवाप्रदायक कम्पनीका सिम र रिचार्ज कार्ड बिक्री गर्ने गरेको पाइएको छ । हामीले सम्बन्धित व्यक्ति र संस्थाहरूलाई सूचना निकालेरै जानकारी गराएका छौं । अब यसरी बिना अनुमति विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्न पाइने छैन ।’

त्यस्तै ‘सिमकार्ड र रिचार्ज कार्ड बिक्री र वितरण गर्ने सम्बन्धित व्यक्ति र संस्थाहरूले यस प्राधिकरणबाट नो–अब्जेक्सन लिएर मात्र बिक्री वितरण गर्न र गराउनुहुन सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

Share News