अमेजनले यो वर्ष एआईमा १०० अर्ब डलर खर्च गर्ने

<p>काठमाडौं । अमेजनले सन् २०२५ मा कृत्रिम बौद्धिकता (एआई) मा १०० बिलियन डलर खर्च गर्ने भएको छ । अमेजनले आफ्नो पूँजीगत खर्च बढाएर १०० अर्ब डलर पुर्‍याउने योजना सार्वजनिक गरेको हो । कम्पनीले २०२४ मा करिब ८३ अर्ब डलर खर्च गरेको थियो, जुन यस वर्षको खर्चभन्दा कम थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी [&hellip;]</p>

काठमाडौं । अमेजनले सन् २०२५ मा कृत्रिम बौद्धिकता (एआई) मा १०० बिलियन डलर खर्च गर्ने भएको छ । अमेजनले आफ्नो पूँजीगत खर्च बढाएर १०० अर्ब डलर पुर्‍याउने योजना सार्वजनिक गरेको हो ।

कम्पनीले २०२४ मा करिब ८३ अर्ब डलर खर्च गरेको थियो, जुन यस वर्षको खर्चभन्दा कम थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी जसीका अनुसार २०२५ मा लगानी मुख्य रूपमा जेनेरेटिभ एआईको वृद्धिले सहयोग गर्नेछ ।

डेटा सेन्टर र एआई उत्पादनहरूमा व्यापक लगानी

अमेजन अहिले डेटा सेन्टर, नेटवर्क उपकरण र हार्डवेयरमा ठूलो लगानी गर्दैछ, ताकि जेनेरेटिभ एआईको बढ्दो मागलाई पूरा गर्न सकियोस ।

ओपनएआईको च्याटजीपीटी लन्च भएपछि एआई क्षेत्रमा ठूलो क्रान्ति आएको छ, जसका कारण अमेजनले पनि एआईमा आफ्ना उत्पादनहरू ल्याएको हो ।

अमेजनका प्रमुख एआई उत्पादनहरू

नोभा एआई मोडेलहरू
ट्रेनियम चिप्स
शपिङ च्याटबट
थर्ड-पार्टी एआई मोडेलहरूको लागि ‘बेडरक’ मार्केटप्लेस

अन्य कम्पनीहरू पनि एआईमा ठूलो लगानी गर्दै

अमेजनमात्र नभई अन्य ठूला प्रविधि कम्पनीहरूले पनि एआई क्षेत्रमा अर्बौं डलर लगानी गरिरहेका छन् ।  गुगलको मूल कम्पनी अल्फाबेटले २०२५ मा ७५ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ ।

यसैगरी, माइक्रोसफ्टले यो वर्ष ८० अर्ब खर्च गर्ने जनाइएको छ ।

नयाँ चिनियाँ प्रतिस्पर्धी डीपसीकको उदय

चिनियाँ एआई स्टार्टअप डीपसीकको चमत्कारी विकासले एआई बजारलाई चुनौती दिएको छ । डीपसीकले मात्र दुई महिनामा र ६ मिलियनभित्रै ‘आर वान मोडेल’ विकास गरेको दाबी गरेको छ, जसले ओपन एआईको ‘ओ वान’ मोडेललाई चुनौती दिन सक्छ ।

यस घटनाले एनभीडीया र ब्रोडकमजस्ता चिप निर्माता कम्पनीहरूको संयुक्त बजार पूँजीकरणमा ८०० बिलियनको घाटा पुर्‍यायो ।

अमेजनले एआई बजारमा अग्रणी बन्नको लागि ठूलो जोखिम लिँदै छ । १०० अर्बको पूँजीगत खर्च गरी एडब्ल्यूएस, जेनेरेटिभ एआई र हार्डवेयर क्षेत्रमा लगानी गर्दैछ ।

हाल एआई क्षेत्रमा अन्य ठूला प्रविधि कम्पनीहरूको तीव्र प्रतिस्पर्धा छ ।

नयाँ चिनियाँ स्टार्टअपहरू कम लागतमा प्रतिस्पर्धी एआई मोडेलहरू ल्याइरहेकाले ठूला प्रविधि कम्पनीहरू दबाबमा छन् ।

अमेजनको यो विशाल लगानी दीर्घकालीन रूपमा सफल हुने वा असफल हुने भन्ने समयले नै देखाउनेछ ।

कदिनमै विश्वको एआई उद्योग हल्लाउने डीपसीकका संस्थापक को हुन् ? कति छ उनको नेटवर्थ ?

चिनियाँ एआई मोडल डीपसीकको फन्दामा अमेरिका, सामान्य पृष्ठभूमिका लियाङ ‘मास्टरमाइन्ड’

विश्वकै सबैभन्दा ठूलो डेटा सेन्टर बनाउँदै मुकेश अम्बानी

Share News