क्यान इन्फोटेक मेला आजदेखि सुरु

<p>काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को ३०औं संस्करणको क्यान इन्फोटेक मेला बिहीबारदेखि शुभारम्भ भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा कार्यक्रमको उद्घाटन गरेसँगै मेला सुरु भएको हो । कम्युटर एशोसिएसन नेपाल (क्यान) भृकुटीमण्डपमा आयोजना भएको मेला ३० औं सस्करण हो । आजदेखि सुरु भएको क्यान इन्फोटेक माघ २८ [&hellip;]</p>

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को ३०औं संस्करणको क्यान इन्फोटेक मेला बिहीबारदेखि शुभारम्भ भएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा कार्यक्रमको उद्घाटन गरेसँगै मेला सुरु भएको हो ।

कम्युटर एशोसिएसन नेपाल (क्यान) भृकुटीमण्डपमा आयोजना भएको मेला ३० औं सस्करण हो । आजदेखि सुरु भएको क्यान इन्फोटेक माघ २८ गतेसम्म चल्ने छ ।

क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनि राखिएको छ । ३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ ।

क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन् ।

Share News