
नेपाली बैंकिङ क्षेत्रमा पृथक पहिचान बनाउन सफल बैंकर हुन् सुजित शाक्य । शालीन र सजगरूपमा प्रस्तुत हुन रुचाउने शाक्य अहिले नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) का रूपमा कार्यरत छन् । नेपाली बैंकिङ क्षेत्रमा साढे दुई दशक बढी कार्यानुभव भएका शाक्यले आधा दर्जन बैंकमा काम गरेर आफ्नो दख्खलता देखाइसकेका छन् । उनै बैंकर शाक्यसँग पछिल्लो बैंकिङ क्षेत्रले भोग्नु परेका विभिन्न आरोह-अवरोह र नबिल बैंकको व्यवसायको विषयमा विकासन्युजका लागि रामकृष्ण पौडेल र सीआर भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :
कुनैबेला निक्षेपको ब्याजदर १४ प्रतिशत र कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको थियो । तर, अहिले घटेर ५ प्रतिशत हुँदापनि निक्षेपको ब्याजदरले थिचिए भनेर सुनिन्छ । बैंकिङ क्षेत्रमा ब्याजदरमा यो किसिमको उतारचढाव किन हुन्छ ?
यो अर्थतन्त्रको चक्र हो ।
चक्र भएपनि किन यति धेरै छिटो घटबढ हुन्छ ?
हाम्रो बजारमा त्यो किसिमको गहिराइ छैन । अहिले तरलता सहज छ । निक्षेप परिचालन गर्न अर्थतन्त्रमा लगानीका अवसर हुनुपर्छ । अर्थतन्त्र चलायमान हुँदा नयाँ किसिमका लगानीका अवसर आउँछन् । लगानीका अवसर भयो भने कर्जाको माग बढ्ने हो । कर्जाको माग भएपछि निक्षेप सोसिएर जान्छ । कर्जाको माग अझै बढ्न सकेको छैन । गत वर्ष कमजोर मनोबलमा अर्थतन्त्र चलिरहेको थियो । आजको दिनमा व्यापारीहरूसँग कुराकानी गर्दा घट्न कम भयो, माथि आउन अझै समय लाग्छ भन्नुहुन्छ । विगत २ वर्षमा व्यवसायमा घाटा भयो । घाटा भएको पूर्ति हुन सकेको छैन । रेमिट्यान्स बढेको छ । अन्य सूचकमा पनि सुधार हुँदैछ । तर, माग किन भएन ? भनेर उद्योगी व्यवसायीहरूसँग सोधपुछ गर्दा अझै पनि ‘स्ट्रङ डिमाण्ड’ आएको छैन भन्नुहुन्छ ।
उपभोक्ताको माग नआउँदासम्म बैंकमा त्यसको प्रभाव पर्दैन । नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा ‘ढुक्क घर कर्जा’ योजना ल्याएको छ । यही ब्याजदरमा कर्जाको माग ह्वार्र आउनुपर्ने हो । तर, खासै सन्तोषजनक माग छैन । त्यसैले अर्थतन्त्र चलायमान गर्न ‘ग्रासरूट’ मा मनोबल उच्च हुन जरूरी छ । एउटा ठूलो उद्योग वा व्यापार कम्पनीले राम्रो गरेर मात्रै हुँदैन । १५/२० जनासम्म रोजगारी दिइरहेका साना तथा मझौला उद्योगमा माग नआउँदासम्म बैंकमा कर्जाको माग बढ्न सक्दैन । अहिले समस्या पनि त्यही नै भएको देखिन्छ । सबै सामान स्टकमा बसेको छ । बिक्री भएको सामानको पैसा पनि उठ्न सकेको छैन । नयाँ गरौं कि नगरौं भनेर अलमलमा पनि छन् ।
माग नआउनुको अर्काे कारण भनेको सबै मान्छे विदेश पलायन भएका छन् । आन्तरिकतर्फ पहाडबाट तराई वा सहरमा बसाइँसराइ सर्ने र बाह्यतर्फ क्यानडा, अष्ट्रेलिया, जापान लगायतका देशमा युवा पलायन भइरहेका छन् । युवाहरू खपत गर्ने पिल्लर हुन् । दुई पाङ्ग्रे सवारीसाधनको बिक्री ४० प्रतिशत घटेको छ । बाइक चलाउने युवाहरू विदेश गएपछि बाइक कहाँबाट बिक्री हुन्छ ? ती युवाहरू अष्ट्रेलिया, क्यानडा, जापान गएर त्यहाँ काम गरेर पैसा फिर्ता पठाएर यहाँ घरघडेरी किन्ने समूह होइन । उल्टै यहाँको पैसा विदेश लैजान्छन् । त्यसको प्रभाव घरकर्जामा देखिएको छ । किनभने परिवारमा मेरो छोरालाई घर बनाउनुपर्छ भन्ने नलागेर पनि कर्जाको माग नआएको हामीले महसुस गरिरहेका छौं ।
ठेकेदारहरूलाई सरकारको भुक्तानी गर्ने क्षमता नहुनु पनि अर्काे कारण हो । ठेकेदारले पैसा नपाएपछि मजदुरले ज्याला पाएको छैन । मजदुरले पैसा नपाएपछि मासु खान छोडेको छ । जबकि उहाँहरूको मुख्य स्रोत भनेकै प्रोटिन हो । जसको प्रत्यक्ष प्रभाव ह्याचरी, पोल्ट्री फर्ममा पनि परेको छ । केही फर्महरू बन्द भए । केही व्यवसायीहरू डुबे ।
युवापुस्ता विदेश पलायन हुँदा बैंकलाई कस्तो प्रभाव परेको छ ? बैंकमा संलग्न कर्मचारी राजीनामा दिएर बाहिरिने कति छन् ? नयाँ जनशक्ति ल्याउन कतिको सकस भइरहेको छ ?
पहिलाभन्दा अहिले छोड्ने दर बढेको छ । तर, नबिल बैंकमा त्यति धेरै छोडेका छैनन् । विगतमा पढ्नका लागि जान्थे भने अहिले विदेश जानका लागि छाड्नेहरू छन् । त्यसलाई पूर्ति गर्न बजारबाट मान्छेहरू ल्याउँदा पहिलाको जस्तो गुणस्तरीय जनशक्ति पाउन गाह्रो छ । जबकि २/४ वर्ष अघिसम्म गुणस्तरीय जनशक्ति आउँथे । अहिले त्यो गुणस्तर पनि घटेको छ ।
एक दशक अगाडिसम्म सम्पत्ति बेचेर क्यानडा, अष्ट्रेलिया जान्छु भन्ने थिएनन् । अहिले छोराछोरी विदेश छन्, म पनि घरजग्गा बेचेर उतै जान्छु भन्ने धेरै भेटिन्छन् । तपाईंहरूको नजरमा यो आकार कति ठूलो छ ?
ठ्याक्कै आकार निकाल्न सकिँदैन । तर, प्रत्येक दिन बढ्दो क्रममा छ । यसैसँग सम्बन्धित शिक्षा कर्जाको कथा छ । शिक्षा कर्जामा नबिल बैंक मार्केट लिडर हो । गाउँगाउँ, दुर्गम गाउँ, पहाडबाट परिवारका मान्छेहरूले शिक्षा कर्जा लिएर आफ्ना बच्चाहरूलाई पढाउँदैछन् । साना तथा मझौला व्यवसाय अहिलेको अवस्थामा धान्न सकेनन् । धेरै असफल भए । असफल दर बढी भएपछि बैंकले राष्ट्र बैंकको नियमभित्र रहेर डिफल्ट भएका कर्जाको धितो लिलामीमा राखेको हुन् । किनभने लिलामीका सूचना निकाल्नुपर्ने कानूनी प्रावधान भएकाले प्रक्रिया पूरा गर्न सूचना धेरै आएका हुन सक्छन् । कतिपय त्यस्ता सम्पत्ति फोर्स सेलमा बिक्रीमा आए । हाम्रो समुदायमा सम्पत्ति लिलामीमा आएपछि वा तीनपुस्ते सार्वजनिक भएपछि कर्जा तिर्न खोज्छन् । नियतवस तिर्न नखोजेको होइन । तर, व्यवसाय असफल भएपछि घरजग्गा बिक्रीको संख्या बढेको हुन सक्छ । धेरै सम्पत्ति बिक्रीमा आएपछि छानीछानी किन्न मिल्छ । त्यसैले पनि मूल्य घटेको हो ।
काठमाडौंको घरजग्गाको मूल्य कति प्रतिशत घटेको छ ?
घरजग्गाको मूल्य २० प्रतिशतदेखि ३० प्रतिशतसम्म घटेको हुनसक्छ ।
अबको ट्रेण्ड के हुन सक्छ ?
ट्रेण्ड ठ्याक्कै निर्क्याैल गर्न गाह्रो छ । त्यसका लागि अर्थतन्त्रमा सुधार हुनुपर्ने हो । जस्तो पुँजी बजार सुधारको अवस्थामा छ । २ हजार बिन्दुमा रहेको सेयर बजार अहिले २७ सय अंकमा पुगेको छ । लगानीकर्ता लगानी गरिरहेका छन् । त्यो पैसा अलिअलि घरजग्गामा पनि आउँछ । त्यो पैसा आयो भने एक राउण्ड फेरि खरिदबिक्री बढ्न सक्छ । मान्छेहरूले जति विदेश जाने कुरा गरेपनि यहीं बस्ने मान्छेले माटोमा लगानी गर्न रुचाउँछन् । त्यो अवसर आयो भने यी सबै सम्पत्ति बिक्री हुन्छ । तर, यो परिस्थितिबाट उम्किन त्यति सजिलो छैन ।
शिक्षा कर्जाका लागि गाउँगाउँ, दुर्गमबाट फोन गर्छन् भन्नुभयो । शाखा कार्यालयबाट निश्चित दूरीभन्दा टाढाको धितो राख्न नपाइने व्यवस्था छ । नबिल बैंकले कसरी कर्जा दिइरहेको छ ?
नबिल बैंकमा यो समस्या तीन/चार वर्ष अगाडि थियो । किनभने त्यतिबेला नबिल बैंकको शाखा सञ्जाल विस्तार भएको थिएन । ५९ वटा मात्रै शाखा कार्यालय थिए । तर, आजको दिनमा नबिल बैंक आफैंले शाखा विस्तार गरेर २६८ शाखा कार्यालय पुगेका छन् । देशका कुनाकाप्चामा नबिल बैंकको पहुँच पुगेको छ । त्यसैले धितो राख्ने समस्या अहिले छैन । बैंकको शाखा कार्यालयबाट २५/३० किलोमिटरको दूरीमा रहेको धितो बैंकले लिने गरेको छ ।
मान्छे गाउँमा जन्मियो, गरिब नै रह्यो । उसको सम्पत्ति छ । तर, बैंकको लागि स्वीकार्य छैन । दुर्गम क्षेत्रमा जन्मिएको कारण क्षमता भएर पनि विदेश गएर पढ्ने मौका नपाउने अवस्था हुन सक्छ । बैंकले यस्तो केसमा कसरी सहजीकरण गर्छ ?
बैंकले लिन सक्ने सीमासम्म सहजीकरण हुन्छ । कतिपय केसमा १० फिटको बाटो चाहिनेमा ८ फिट मात्रै छ भनेपनि बैंकले स्वीकार गरेको हुन्छ । शाखा कार्यालयबाट ३० किलोमिटर टाढाको धितो आएमा नगर्ने भन्ने हुँदैन । बैंकले स्वीकार गरिरहेको हुन्छ । अन्य प्वाइन्टले पनि सहयोग गरिरहेको हुन्छ । त्यो नगरीकन नबिल बैंक शिक्षा कर्जामा मार्केट लिडर हुन सक्दैन । किनभने कुनाकाप्चाबाट प्रस्तावहरू आइरहेका छन् ।
अहिले सस्तो ब्याजदरमा कर्जा दिएपनि कुन दिन ह्वात्तै बढाइदिन्छ भन्ने ऋणीको मनमा त्रास छ । बैंकबाट कर्जा लिएर जोखिम मोल्नु हुँदैन भन्ने एकथरिको पीडा छ । त्यो पीडाको असर कर्जाको माग नहुनुमा परेको हो कि ?
निक्षेपकर्ताले पाउने ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म छ । यो बजारका लागि राम्रो होइन । कर्जा लिने जहिले पनि सीमित हुन्छन् । निक्षेपकर्ता जहिले पनि बढी नै हुन्छन् । ब्याजदर कम हुँदा त्यो वर्गमा असर पर्छ । जब निक्षेपको ब्याजदर सस्तो हुँदै जान्छ । बजारमा तरलता सहज हुन्छ र कर्जाको ब्याजदर पनि घट्छ । कर्जाको ब्याजदर जब धेरै नै सस्तो हुन्छ, तब मान्छेहरू अन्य क्रियाकलाप गर्न थाल्छन् । वास्तविक व्यवसाय हुँदैन । त्यसैले वास्तविक व्यवसायलाई बढाउन निक्षेपको ब्याजदर मुद्रास्फितीभन्दा माथि राख्ने गरिन्छ ।
नबिल बैंकको कर्जाको ब्याजदर एकल अंकमा झरिसकेको छ । १४/१५ प्रतिशत ब्याजदर महँगो हो भने ७ प्रतिशतमै कर्जा पाउने पनि अर्थतन्त्रका लागि राम्रो होइन । साढे ९/१० प्रतिशतको हाराहारीमा ब्याजदर रह्यो भने व्यापारमा पनि वास्तविक व्यवसायी मात्रै आउँछन् । व्यापार गर्ने मनसाय भएका आउँदैनन् । व्यापार गर्ने मनसाय भएका व्यक्ति जब छिर्छन्, तब अर्थतन्त्र समस्यामा परेका बेला उनीहरूले घाटा खान्छन् । अहिलेको रेञ्जभन्दा नघट्ने गरी स्थिर राख्न सकियो भने राम्रो हुन्छ ।
निक्षेपकको ब्याजदर तोक्ने विषय बेलाबखत राष्ट्र बैंकबाट पनि निर्देशित हुन्छ । तपाईंहरुको काबुभन्दा बाहिरि किन गयो ?
ग्राहक संरक्षणमा राष्ट्र बैंकले गरिरहेका काम उत्कृष्ट छन् । जस्तो ब्याज बढाउँदा राष्ट्र बैंकले बैंकहरूलाई फिर्ता गर्न लगायो । प्रतिस्पर्धी बजारमा बढाउने दबाब आउँदा अधिकांशले बढाए । ग्राहक संरक्षणमा जसरी नियमन भइरहेको छ ब्याजदर घट्दा र बढ्दा बैंकहरूलाई खेल्न दिनुपर्छ । तर, बैंकहरूको प्रोटेक्सनमा कुनै काम भएको छैन । जस्तो ब्याजदर घट्दैछ । बैंकले जलविद्युत आयोजनामा लगानी गरेको थियो । जलविद्युत आयोजनाको जोखिम बैंकले लिएको थियो । आयोजनाबाट बत्ति बल्न सुरु भयो । बत्ति बल्न सुरु हुँदा उतिबेला बैंकले लिएको जोखिम देखेर २५/५० पैसा बढायो भने त्यो आयोजनामा तुरुन्तै अर्काे बैंक जान सक्छ । तर, बैंकलाई संरक्षण गरिएको छैन । त्यस किसिमका संरक्षण गर्दै जाने हो भने बजारमा रहेको उथलपुथल मत्थर हुन्थ्यो ।
बैंक तथा वित्तीय संस्थालाई मर्ज गराउँदा अस्वस्थ प्रतिस्पर्धा घटेर स्वस्थ प्रतिस्पर्धा हुने अपेक्षा थियो । नियामक र संस्थाले पनि त्यही अपेक्षा राखेका थिए । तर, हुन सकेन नी ?
३२ वटा बैंक हुँदा र २० वटा बैंक हुँदा धेरै परिवर्तन आएको छ, सुधार पनि भएको छ । अर्थतन्त्रलाई कति वटा बैंक ठिक होला भन्ने प्रश्न आफ्नो ठाउँमा छ । १२ वटा बैंकमा झार्नुपर्छ भन्ने विभिन्न किसिमका तर्क हुन सक्छन् । त्यसमा पनि तीन वटा सरकारी बैंक छन् । हाम्रो अर्थतन्त्रको आकार र भविष्यको वृद्धिका लागि २० वटाबाट कन्सोलिडेन्स भएर १२/१४ मा झर्नुपर्ने होकि जस्तो लाग्छ । १२/१४ वटा भयो भने अझै स्ट्याण्डर्ड कायम गर्न सकिन्छ । अहिलेको भन्दा बढी स्थिरता आउँछ । पहिला ३२ वटा बैंक हुँदाको तुलना गर्ने हो भने अहिले धेरै स्थिर छ । पहिला क्रेडिट स्ट्याण्डर्ड कायम थिएन । स्ट्याण्डर्डमा बस्ने बैंकलाई पनि दबाब आउँथ्यो । त्यो आजको दिनमा छैन । बैंकको कन्सोलिडेसन राम्रो नै भएको छ । थप कन्सोलिडेसन जरूरी हुन सक्छ । त्यो अर्काे २/४ वर्षमा पूरा होला ।
नबिल बैंकले थप मर्जरका लागि केही गृहकार्य गरिरहेको छ ?
तत्काल आन्तरिक रूपमा सोचेका छैनौं । तर, त्यो बाटो जहिल्यै पनि खुला रहन्छ । किनभने प्रतिस्पर्धाको दबाब छ । बजारमा नम्बर वान कायम रहनुछ । टप वा बटम लाइनबाट नहुन पनि सक्छ । कार्वन शून्यमा हामी नेृतत्व गरिरहेका छौं । नयाँ-नयाँ सोचको विकास गर्नुपर्छ ।
व्यवसायमा हार खाएपछि नयाँ सोच्ने हो ?
आजको दिनमा हेर्ने हो भने बटम लाइनमा नबिल बैंक नै नम्बर वान छ । पुँजीमा नम्बर वान नहोला तर बटम लाइनमा नम्बर वान छ । पुँजी राम्रोसँग प्रयोग गरेर लागत व्यवस्थापन गरिएको छ ।
नबिललाई धेरै समय लिडर बैंकको रूपमा बजारले स्वीकार गरेको थियो । बजारमा आइडियल बैंकका रूपमा लिन्थे । पछिल्लो समय त्यो स्वीकार्यता गिर्दै गएको भन्ने आरोप छ । नबिललाई लिडर बैंकको पोजिसनमा राख्न पुँजी, नेटवर्क, सेयर मूल्य, नाफा, धेरै कर तिर्ने, व्यवसाय अभ्यासमा सुशासन लगायतका सूचकमा अगाडि देख्न सकिन्छ कि सकिँदैन ?
सबै प्यारामिटरमा देख्न पाइनेछ । आजको दिनमा पनि नबिल बैंक हरेक कोणबाट नम्बर वान हो । वित्तीय विवरणको आकार टप लाइनको मात्रै हेर्नु हुँदैन । लिडरसिपको सोचाई, ब्राण्ड लिवरेज र ब्राण्डको क्लाउड प्रयोग गरेर समाजमा के-के परिवर्तन ल्याएको छ भनेर पनि हेर्नुपर्छ । बैंकले नबिल स्कुल अफ सोसियल इन्टप्राइज ल्याएको छ । कार्वन ट्रेडिङको व्यापार काम भइरहेको छ । यी सबै उदाहरणले पनि नबिल नम्बर वान कायम छ । विगतमा सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम कम्बल बाँडेर सकिन्थ्यो । अब नबिल स्कुल अफ सोसियल इन्टप्राइजमा लगानी गर्दा राम्रो काम गरेको महसुस भएको छ । यसले उद्यमी जन्माएको छ । कतिपयले अन्तर्राष्ट्रिय स्टेजमा गएर अवार्ड जितेर ल्याउनु भएको छ । अझै राम्रो भयो भने नयाँ सोच ल्याउन सहयोग पुग्नेछ । समग्र ब्राण्डको लेविरेज र ब्राण्ड इक्विटीबाट बेस्ट बैंक अफ इण्डिष्ट्रिका रुपमा नबिल बैंकलाई लिन्छु ।
नबिल बैंकको रिजर्भ जति हुन्थ्यो, अरू कुनै बैंकसँग हुँदैनथ्यो । सेयर मूल्यमा नम्बर वान थियो । बैंकको नाफा र बैंकले दिने लाभांशदर अन्य बैंकको भन्दा उच्च थियो । अहिले यी सबै सूचकमा अरू बैंक नै अगाडि छन् । पुँजीवादी अर्थतन्त्रमा ठूलो अंकले पनि ठूलो भूमिका खेल्छ । त्यसैले यी सबै सूचकमा नबिल नम्बर वान भएको कहिले देख्न पाइन्छ ?
यो चाँडै पुरा हुन्छ । किनभने दैनिक त्यही पुरा गर्न भिडिरहेका छौं । नयाँ उपकरण अग्राधिकार सेयरका लागि पनि आवेदन दिएका छौं । अग्राधिकार सेयर जारी गरेर थप व्यवसाय आर्जन गर्न सकिनेछ । व्यवसाय गर्ने क्षमता वृद्धिका लागि अग्राधिकार सेयर जारी गर्न लागिएको हो । २६८ वटा शाखाबाट सेयर कर्जा, शैक्षिक कर्जा, घरजग्गा कर्जा सहज रूपमा पाउन सकिन्छ । १ सय अर्बको पोर्टफोलियो रिटेल बैंकिङको मात्रै भइसकेको छ । जबकि विगतमा एउटा बैंकको कर्जाको पोर्टफोलियो हुन्थ्यो । एसएमईजमा आक्रामक भएर काम गरिरहेका छौं । ती सबैमा नबिल बैंक पछाडि पर्दैन । चाँडै नै त्यो पुरा हुन्छ ।
नबिल बैंकले ६ अर्ब पोर्टफोलियो भएको सानो फाइनान्स कम्पनी र ७०/८० अर्ब पोर्टफोलियो भएको बैंक प्राप्ति गरेको हो । कुनै बैंकले ३/४ वटा बैंकसम्म मर्ज गरेको छ । त्यसैले त्यसमा पनि तुलना हुन आवश्यक छ । आन्तरिक प्रणाली र व्यवस्थापन डेफ्थ पनि हेर्नुपर्छ । उच्च व्यवस्थापकमा सीईओ, सिनियर डीसीईओ २ जना, एक जना डीसीईओ छन् । सायद यस किसिमको म्यानेजमेन्ट डेफ्थ अन्य बैंकमा देखिँदैन । कतिपय बैंकमा लिडरसिप अभाव वा संकट पनि छ । तर, नबिल बैंकमा त्यो छैन । मध्यम तहको व्यवस्थापनमा पनि नबिल बैंक अग्रस्थानमा छ, बलियो पनि छ ।
विगतमा नबिल बैंकको सेयर मूल्य ६ हजारभन्दा बढी थियो । अहिले ५ सयमुनि छ । बैंक बलियो हुँदै गयो सेयर भ्यालू घट्दै गयो । किन ?
म सेयरको विज्ञ होइन । बैंकको पुँजी बढेको छ । बोनस सेयर थप्दै गएपछि सेवामा गाह्रो हुन्छ । जसकारण प्रतिफल कम हुँदै गएको हो । कतिपय बैंकले कोरोनादेखिको लाभांश नदिइकन राखेको पैसा तीन वर्षमा एकैपटक दिएको छ । कसैले बचाएर अलिअलि दिएको छ । त्यसको असर पनि परेको हुन सक्छ । अनि विगतमा सेयर बजारमा बैंकको दबदबा थियो । अन्य क्षेत्रको सेयर खासै थिएन । अहिले विविधिकरण भएको छ । सेयर बजारमा अलिअलि स्पेकुलेसन भइहाल्छ ।
त्यही बजार हो, नबिल बैंकको सेयर मूल्य ६ हजारको हाराहारीमा हुँदा यूनिलिभर नेपालको सेयर मूल्य ११ हजारको हाराहारीमा थियो । अहिले पनि त्यही बजार हो, यूनिलिभरको सेयर मूल्य ५० हजार रुपैयाँ पुगेको छ भने नबिल बैंकको सेयर मूल्य ५ सयमा झरेको छ । यसले त स्पेकुलेसन हुन्छ भनेर जस्टिफाइ गरेन नि ?
त्यतिबेला बजारको दायरा फराकिलो नहुँदा सबै बैंकहरूको सेयर मूल्य उच्च थियो । अहिले सबै बैंकको घटेको छ । बैंकहरूको होल्डिङ चौडा हुन्छ । आजको दिनमा फाइनान्स कम्पनीको सेयर मूल्य बैंकको भन्दा उच्च छ । त्यसलाई पनि जस्टिफाइ गर्न सकिँदैन ।
पुँजी बजारका लगानीकर्ता धेरै चलाख र स्मार्ट हुन्छन्, त्यसकारण उनीहरूले सही मूल्याङ्कन गरेका हुन्छन् भन्ने लाग्छ । नबिल जस्तो राम्रो मार्केट, नेटवर्थ, ब्राण्ड भ्यालू र रेपुटेसन छ । तर, त्यसको प्रभाव बजारमा देखिएन नी ?
आज पनि नबिल बैंक ब्लुचिफ स्टक हो । दीर्घकाल सोच्नेहरूले नबिल खरिद गरिरहेका छन् । जहाँ सेयर कम छ त्यहाँ सर्टटम लगानीकर्ताले स्पेकुलेसन वा कर्नरिङ हुन्छ । संसारभरि नै सेयर बजारमा स्पेकुलेसन हुन्छ । २० प्रतिशत विश्लेषण गरेर खरिदबिक्री गर्छन भने ८० प्रतिशत स्पेकुलेसन हुन्छ ।
अहिले नियम अनुसार ८ अर्ब मात्रै पुँजी भनेको छ । राष्ट्र बैंकले तोकेकोभन्दा तीन गुणा माथि भइसक्यो नि ?
बोनस दिँदै गयो भने सर्भिसेज क्षमता घट्दै जान्छ । त्यसमा अनेकन रेगुलेटरी फ्रेमवर्क छन् । त्यही विषय भारतको बैंकमा १० रुपैयाँको सेयर हुने क्यापिटल सानो हुन्छ । रिटेन्ड अर्निङमा राखेर कति राम्रो सेयर मूल्य गरेका छन् ।
विगतको तुलनामा नबिल बैंकले १३ प्रतिशतमा झरेको छ । आगामी दिनमा यो अझै घट्छ कि बढ्छ ?
त्यसलाई घटबढ भन्दा पनि जस्टिफाइड रिटर्न, स्थिर र ग्रोथको प्रयास रहनेछ । अंकमा भन्न अलिकति गाह्रो छ । चौथो त्रैमासको लाभांश क्षमता १४ प्रतिशत छ । गत वर्ष स्थित र एनपीएलले हिट गरेको हो । त्यो एनपीए सकारात्मक भएपछि फिर्ता आउँछ । अर्थतन्त्र एक राउण्डको टर्नओभर भएर ग्रोथ भयो भने यो वर्षभित्र प्रोभिजनमा राखेको पैसा फिर्ता आउँछ ।
धेरै बैंकलाई सम्पत्ति व्यवस्थापन गर्न गाह्रो भएको देखिन्छ । नबिल बैंकको अवस्था के छ ?
यूनाइटेड फाइनान्स अक्वायर गरेपछि व्यावसायीक सवारी धेरै आएका छन । त्यसमा रिकभरीका प्रयास भएका पनि छन् । व्यावसायिक सवारी टिप्परहरू, स्काभेटर पहाडतिर गएका हुन्छन्, तिनीहरूलाई ल्याउन सजिलो छैन । ती ल्याएर कतै भाडामा लिएपछि राख्नुपर्छ । तिनीहरू भाडामा राखिएका छन् । विशालनगरको जग्गामा पनि राखेका छौं । आइरहन्छन्, गइरहन्छन् ।
जग्गा जमीन व्यवस्थापन वा बिक्री गर्न कति गाह्रो भइरहेको छ ?
मार्केटबाट हामी अछुतो छैनौं । नबिल बैंकले अक्सन गर्यो भन्दैमा किन्ने र अरूले अक्सन गर्यो भन्दैमा नकिन्ने भन्ने हुँदैन । बजारमा घरजग्गा कारोबारमा मनोबल बढेको छैन । अहिल गैर बैंकिङ सम्पत्ति बिक्री गर्न गाह्रो नै छ ।
बैंकको व्यवसाय बदल्न अब कार्बन व्यापार