
काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५+ र ग्यालेक्सी एस २५ स्मार्टफोन लन्च गरेको छ।
समारोहमा सामसङ नेपालका निर्देशक प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१६ की अश्मी श्रेष्ठले ग्यालेक्सी एस २५ सिरिजको अनावरण गरे ।
ग्यालेक्सी एस २५ सिरिज सामसङको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम हो, जसले एआई एजेन्ट र मल्टिमोडल क्षमताहरूलाई प्रयोगकर्ताको अन्तरक्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।
यस सिरिजमा विशेष रूपमा कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलीट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईको लागि उच्चतम प्रोसेसिङ पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्ने कम्पनीले जनाएको छ ।
ग्यालेक्सी एस २५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजÞाइन गरिएको सामसङको एआई फर्स्ट प्लेटफर्म वन युआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज हो । ग्यालेक्सी एस २५ सिरिजको साइड बटन थिचेर जेमिनीलाई एक्टिभ गर्न सकिन्छ ।
गोपनीयता सुरक्षितसँग हाइपर–पर्सनलाइज्ड अनुभव
ग्यालेक्सी एस २५ सिरिजले पर्सनल डेटा इन्जिनको माध्यमबाट व्यक्तिगत डेटा उपकरणमै सुरक्षित रूपमा विश्लेषण गरी व्यक्तिगत एआई फिचर प्रदान गर्दछ ।
नोक्स भाल्टले सबै व्यक्तिगत डेटालाई गोप्य र सुरक्षित राख्छ । क्वान्टम कम्प्युटिङ प्रविधि विकाससँगै देखा पर्न सक्ने नयाँ खतरा विरुद्ध तपाईँको डेटा सुरक्षित राख्न ग्यालेक्सी एस २५ सिरिजले पोस्ट–क्वान्टम कृप्टोग्राफी को सुविधा पनि प्रदान गर्दछ ।
ग्यालेक्सी एस २५ सिरिजः सबैभन्दा शक्तिशाली ग्यालेक्सी
ग्यालेक्सी एस २५ सिरिजमा ग्यालेक्सीको लागि बनिएको स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरिएको छ, जुन ग्यालेक्सी एस सिरिजकै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रोसेसर हो । यसले अघिल्लो पुस्ताको तुलनामा एनपियुमा ४० प्रतिशत, सीपीयूमा ३७ प्रतिशत र जीपीयूमा ३० प्रतिशत प्रदर्शन सुधार प्रदान गर्छ ।
मजबुत र टिकाउ डिजाइन
ग्यालेक्सी एस २५ अल्ट्रा अहिलेसम्मकै सबभन्दा पातलो, हलुका र बलियो ग्यालेक्सी एस सिरिजको स्मार्टफोन हो । यसमा टिकाउ टाइटेनियम र नयाँ कोर्निंग गोरिल्ला अर्मर २ समावेश गरिएको छ ।
ग्यालेक्सी एस २५+ र एस २५ का प्रत्येक बाह्य भागमा कम्तीमा एउटा पुनः प्रयोग गरिएको सामग्री समाहित गरिएको छ र पहिलो पटक मेटल फ्रेममा पुनः प्रयोग गरिएको आर्मर एल्युमिनियम प्रयोग गरिएको छ ।
सात जेनेरेसनको ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेटसहित, ग्यालेक्सी एस २५ सिरिजले लामो समयसम्म भरपर्दो र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ ।
प्रि–अर्डर अफरहरू
ग्यालेक्सी एस २५ सिरिजको प्रि–अर्डर अफर बिहीबारदेखि सुरु भएको छ । १ फाल्गुनसम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रि–अर्डर गर्ने ग्राहकहरूले ग्यालेक्सी एस २५ अल्ट्रा खरिद गर्दा १२/२५६जीबीबाट १२/५१२जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स ३ प्रो, जसको मूल्य रु ३१,९९९ रहेको छ, मात्र रु १४,९९९ मा प्राप्त गर्न सक्नेछन् र साथै, रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन् ।
ग्यालेक्सी एस २५+ र ग्यालेक्सी एस २५ बेस प्रि–अर्डर गर्दा ग्राहकहरूले रु ३१,९९९ मूल्य रहेको ग्यालेक्सी बड्स ३ प्रो रु १४,९९९मा र रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन् ।
ग्यालेक्सी एस २५ १२/२५६ जीबीकाे मूल्य १ लाख १५ हजार र १२/१२८ जीबीकाे मूल्य १ लाख ५ हजार रुपैयाँ रहेकाे छ । ग्यालेक्सी एस २५ प्लस १२/२५६ जीबीकाे मूल्य १ लाख ४२ हजार रुपैयाँ रहेकाे ५ । ग्यालेक्सी एस २५ अल्ट्रा १२/५१२ जीबीकाे मूल्य २ लाख रुपैयाँ रहेकाे छ भने १२/२५६ जीबीकाे मूल्य १ लाख ८५ हजार रुपैयाँ रहेकाे छ ।
