कुहिएको नरिवल भेटिएपछि महानगरले तिरायो दुई लाख जरिवाना

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले भाटभाटेनी सुपरमार्केट डिपार्टमेन्ट स्टोरलाई जरिवाना तिराएको छ । बासी सडेर कीरा लागेको पदार्थ बिक्री गरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना तिराएको महानगरले जनाएको छ । मसिर १९ गते काठमाडौं महानगको कल सेन्टरमा  सुपरमार्केटले बासी सडेगलेका अनि कीरा लागेको खाना बेच्यो भनी गुनासो आएको र विभागबाट स्थलगल अनुगमन गर्दा ड्राइ कोकोनट नाम [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले भाटभाटेनी सुपरमार्केट डिपार्टमेन्ट स्टोरलाई जरिवाना तिराएको छ । बासी सडेर कीरा लागेको पदार्थ बिक्री गरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना तिराएको महानगरले जनाएको छ ।

मसिर १९ गते काठमाडौं महानगको कल सेन्टरमा  सुपरमार्केटले बासी सडेगलेका अनि कीरा लागेको खाना बेच्यो भनी गुनासो आएको र विभागबाट स्थलगल अनुगमन गर्दा ड्राइ कोकोनट नाम रहेको नरिवल ४४ (चौवालीस) प्याकेजमा ढुसीजन्य पदार्थ फेला परेको महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

महानगरले उक्त पदार्थ सुपरमार्केटको व्यवस्थापकको रहोवरमा नष्टसमेत गरेको जनाएको छ । महानगरका अनुसार जरिवाना रकम महानगरको राजश्व खातामा जम्मा गरिने छ ।

Share News