ओपन एआई भर्सेस मस्क : अदालतमा मुद्दा दर्ता, एआई कोल्ड वारको सुरुवात

<p>काठमाडौं । अर्बपति एलन मस्कले संघीय अदालतमा निवेदन दर्ता गर्दै ओपन एआईलाई पूर्ण रूपमा नाफामूलक व्यवसायमा रूपान्तरण हुनबाट रोक्न आग्रह गरेका छन् । मस्क, उनको एआई स्टार्टअप एक्सएआई र पूर्व ओपन एआईका बोर्ड सदस्य शिवोन जिलिसको प्रतिनिधित्व गर्ने वकिलहरूले शुक्रबार ओपन एआई विरुद्ध प्रारम्भिक आदेशको लागि निवेदन दर्ता गरेका हुन् । यो नयाँ मुद्दाले मस्क, [&hellip;]</p>

काठमाडौं । अर्बपति एलन मस्कले संघीय अदालतमा निवेदन दर्ता गर्दै ओपन एआईलाई पूर्ण रूपमा नाफामूलक व्यवसायमा रूपान्तरण हुनबाट रोक्न आग्रह गरेका छन् ।

मस्क, उनको एआई स्टार्टअप एक्सएआई र पूर्व ओपन एआईका बोर्ड सदस्य शिवोन जिलिसको प्रतिनिधित्व गर्ने वकिलहरूले शुक्रबार ओपन एआई विरुद्ध प्रारम्भिक आदेशको लागि निवेदन दर्ता गरेका हुन् ।

यो नयाँ मुद्दाले मस्क, ओपनएआई र यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानबीचको कानुनी विवादलाई थप बढाएको छ । यस मुद्दामा टेक लगानीकर्ता रिड हफम्यान र माइक्रोसफ्ट पनि समावेश भएका छन् ।

मस्कले २०२४ को मार्चमा सान फ्रान्सिस्को राज्य अदालतमा पहिलो पटक ओपनएआईविरुद्ध मुद्दा दर्ता गरेका थिए । पछि उनले यो मुद्दा फिर्ता लिएर संघीय अदालतमा पुनः दर्ता गरे ।

संघीय मुद्दामा मस्कका वकिलहरूले ओपनएआईले कानुन उल्लङ्घन गरेको दाबी गरेका छन् ।

मस्कका वकिलहरूले आफ्नो उजुरीमा ओपनएआई र माइक्रोसफ्टले प्रतिस्पर्धाविरोधी कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन् । साथै च्याटजीपीटी निर्माणकर्ताले लगानीकर्ताहरूलाई प्रतिस्पर्धी कम्पनीहरूमा लगानी नगर्न सहमत गराएको पनि आरोप लगाइएको छ ।

माइक्रोसफ्टले भने यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

ओपनएआई हालैका वर्षहरूमा सबैभन्दा ठूलो स्टार्टअपहरूमध्ये एकको रूपमा उभिएको छ । च्याटजीपीटी निकै प्रसिद्ध भएको छ र यसले एआई र सम्बन्धित ठूला भाषा मोडलहरूमा निकै उत्साह ल्याएको छ ।

मस्कले २०२३ को जुलाईमा एक्सएआईको डेब्यू घोषणा गरेदेखि उनको नयाँ एआई व्यवसायले आफ्नो ग्रोकबाट च्याटबोट जारी गरेको छ ।

वकिलहरूले ओपनएआईले लगानीकर्ताहरूलाई ‘समूह बहिष्कार’ मा सहमत हुन आग्रह गरेको सर्तहरू ‘एक्सएआईको आवश्यक लगानी पुँजीमा पहुँच रोक्ने बताउँछन्।

ओपनएआईका प्रवक्ताले एलनको यो चौथो प्रयास एउटै आधारहीन आरोपमाथि आधारित भएको र बेतुकको भएको बताए ।

ओपनएआई २०१५ मा गैर-नाफामूलक संस्था रूपमा स्थापना भएको थियो र २०१९ मा सीमित नाफामूलक मोडलमा रूपान्तरण भयो । अहिले ओपनएआईले पूर्ण रूपमा नाफामूलक सार्वजनिक लाभकारी संस्थामा रूपान्तरणको प्रक्रिया अघि बढाइरहेको छ ।

माइक्रोसफ्टले ओपनएआईमा लगभग १४ बिलियन डलर लगानी गरिसकेको छ, तर हालैको वित्तीय विवरणअनुसार यसले १.५ बिलियन घाटा बेहोर्नुपरेको छ ।

जनरेटिभ एआई बजार, जसले आगामी दशकभित्र १ ट्रिलियन आम्दानी पार गर्ने अनुमान गरिएको छ ।

मस्कका वकिलहरूले दायर मुद्दामा भनेका छन् कि ओपनएआईले माइक्रोसफ्टसँगको साझेदारीको माध्यमबाट अवैध रूपमा प्रतिस्पर्धात्मक जानकारीको फाइदा उठाएको छ।

एन्थ्रोपिक, एक्सएआई र गुगलजस्ता जस्ता कम्पनीहरूले ओपनएआईलाई चुनौती दिइरहेका छन्

अक्टोबरमा, ओपनएआईले स्टार्टअपको मूल्य १५७ बिलियन डलर रहेको प्रमुख फन्डिङ बन्द गरेको थियो । थ्राइभ क्यापिटलले फाइनान्सिङको नेतृत्व गरेको थियो भने माइक्रोसफ्ट र एनभीडीयालगायतका लगानीकर्ताहरूले पनि सहभागिता जनाएका थिए । (एजेन्सीहरूको सहयोगमा)

Share News