ब्लूस्काईले जानकारी खुलासा गर्ने नियम उल्लंघन गरेको ईयूको आरोप

<p>काठमाडौं । सामाजिक मिडिया प्लेटफर्म ब्लूस्काईले महत्त्वपूर्ण विवरणहरू खुलासा नगरी यूरोपियन यूनियन (ईयू) का नियमहरू उल्लंघन गरेको ईयूका प्रवक्ताले आरोप लगाएका छन् । सोमबार दैनिक ब्रिफिङका क्रममा उनले यस्तो आरोप लगाएका हुन् । प्रवक्ताले ब्लूस्काई थ्रेसहोल्डभन्दा तल रहेको र ईयूको डिजिटल सेवा ऐनअन्तर्गत&#8217; विशाल प्लेटफर्म&#8217; का रूपमा वर्गीकृत नभएकाले यूनियनले हालसम्म कम्पनीलाई प्रत्यक्ष सम्पर्क गरेको [&hellip;]</p>

काठमाडौं । सामाजिक मिडिया प्लेटफर्म ब्लूस्काईले महत्त्वपूर्ण विवरणहरू खुलासा नगरी यूरोपियन यूनियन (ईयू) का नियमहरू उल्लंघन गरेको ईयूका प्रवक्ताले आरोप लगाएका छन् ।

सोमबार दैनिक ब्रिफिङका क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

प्रवक्ताले ब्लूस्काई थ्रेसहोल्डभन्दा तल रहेको र ईयूको डिजिटल सेवा ऐनअन्तर्गत’ विशाल प्लेटफर्म’ का रूपमा वर्गीकृत नभएकाले यूनियनले हालसम्म कम्पनीलाई प्रत्यक्ष सम्पर्क गरेको छैन ।

यसैगरी, यूनियनले २७ वटा राष्ट्रिय सरकारहरूलाई ब्लूस्काईको कुनै पनि प्रमाण फेला पार्न सकिन्छ कि भनेर जाँच्न सम्पर्क पनि गरेको छ ।

ब्लूस्काईले तुरुन्तै ईमेलमार्फत गरिएको टिप्पणीको अनुरोधमा प्रतिक्रिया दिएको छैन ।

ब्लूस्काई एक्स (पूरानो ट्वीटर)का फाउन्डर ज्याक डोर्सेको हो । यसको सुरुवातमा ट्वीटरका पूर्वकर्मचारीहरू पनि संलग्न भएका थिए, जसमा ट्वीटरको सीईओसमेत रहेका पराग अग्रवाल पनि थिए ।

२०२२ को अन्त्यतिर एलन मस्कले ट्वीटरको जिम्मा लिएपछि उनले ब्लूस्काईको प्रविधि प्रयोग गरेर विकेन्द्रीकृत प्लेटफर्महरूको वेबमा ट्वीटरलाई समेट्ने पूर्वसम्झौता तुरुन्तै खारेज गर्दै त्यो प्रविधि समावेश गर्न काम गरिरहेका व्यक्तिहरूलाई बर्खास्त पनि गरेका थिए ।

पछिल्लो समय ब्लूस्काईका प्रयोगकर्ताकाे संख्या बढ्दै गइरहेको छ ।

Share News