तिहार बिदाको मौकामा महानगरले पद्मोदय मोडका सटर भत्कायो (फोटोफिचर)

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयल परिसरका सटर भत्काएको छ । पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका सटरमा महानगरले डोजर लगाएको हो । यसअघि महानगरले ती सटरमा ताला लगाएको थियो । विद्यालयले भाडामा लगाएका सटर भत्काएपछि सामुदायिक विद्यालयका सिकाइ कक्ष फराकिला र व्यवस्थित बनाउने महानगरको योजना छ । कक्षाकोठा र खेलमैदानअभाव हुँदाहुँदै [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयल परिसरका सटर भत्काएको छ । पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका सटरमा महानगरले डोजर लगाएको हो ।

यसअघि महानगरले ती सटरमा ताला लगाएको थियो । विद्यालयले भाडामा लगाएका सटर भत्काएपछि सामुदायिक विद्यालयका सिकाइ कक्ष फराकिला र व्यवस्थित बनाउने महानगरको योजना छ ।

कक्षाकोठा र खेलमैदानअभाव हुँदाहुँदै सामुदायिक विद्यालयले सटर निर्माण गरी भाडामा लगाएको भन्दै काठमाडौं महानगरपालिकाले फागुन ०८० देखि सटर खाली गराउने अभियान थालेको थियो । सोही अभियानपछि सामुदायिक विद्यालयले सटर भत्काएर सिकाइ कक्ष विस्तार गरेका हुन् ।

 

Share News