प्रधानमन्त्री ओलीको आईटी विज्ञमा असगर अली

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सूचना तथा प्रविधि विज्ञ (आईटी) मा असगर अलीलाई नियुक्त गरेका छन् । अली यसअघि पनि प्रधानमन्त्री ओलीको कार्यकालमा आइटी विज्ञको जिम्मेवारीमा थिए । अली अवैतिकको भूमिकामा रहने जनाइएको छ । प्रधानमन्त्रीको विज्ञ सल्लाहकारको भूमिकामा रहँदा पनि राज्यबाट कुनै सेवा तथा सुविधा नलिने बताइएको छ । अलीले गत बिहीबारबाट [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सूचना तथा प्रविधि विज्ञ (आईटी) मा असगर अलीलाई नियुक्त गरेका छन् ।

अली यसअघि पनि प्रधानमन्त्री ओलीको कार्यकालमा आइटी विज्ञको जिम्मेवारीमा थिए ।

अली अवैतिकको भूमिकामा रहने जनाइएको छ । प्रधानमन्त्रीको विज्ञ सल्लाहकारको भूमिकामा रहँदा पनि राज्यबाट कुनै सेवा तथा सुविधा नलिने बताइएको छ । अलीले गत बिहीबारबाट नै आफ्नो जिम्मेवारी सम्हालेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा अधिकांश पूरानै टिमका सदस्यलाई यसपटक पनि दोहोर्‍याएका छन् ।

Share News