एनसेलका मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टिमहरूले थाले काम

<p>काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका र्&#x200d;यापिड रेस्पोन्स टोली (आरआरटी) ले काम थालेका छन् ।​ हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः सञ्चालनमा ल्याउन आरआरटीहरूले काम गर्नेछन् ।​ आफ्ना ग्राहकलाई सधैं अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिवद्धता बमोजिम एनसेलले प्रत्येक [&hellip;]</p>

काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका र्‍यापिड रेस्पोन्स टोली (आरआरटी) ले काम थालेका छन् ।​

हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः सञ्चालनमा ल्याउन आरआरटीहरूले काम गर्नेछन् ।​

आफ्ना ग्राहकलाई सधैं अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिवद्धता बमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ ।

असार १२ गते बुधबार कोशी, मधेश र गण्डकी प्रदेशका १५ भन्दाबढी जिल्लाका ११६ मोबाइल टावर सञ्चालनमा अवरोध सृजना भएको थियो ।

तर, एनसेलको आरआरटी टोलीले ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशतभन्दा बढी टावरहरूलाई पुनः सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।​​

हावाहुरी र भारी वर्षाका प्रभावका कारण सो दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइभर ब्रेक, रुखहरू र नेपाल विद्युत् प्राधिकरणको खम्बा डलेर विद्युत् आपूर्तिमा असर परेको थियो । ​​​

आरआरटीहरूलाई विशेष रूपमा आपतकालीन अवस्थाहरू सम्हाल्दै सकेसम्म चाँडो सेवा पुनः सुचारु गर्न तालिम दिइएको छ ।

वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाको द्रुत गतिमा पुनः सञ्चालन र निरन्तरता सुनिश्चित गर्ने उद्देश्यअनुरूप आरआरटीहरू गठन गरिएको हो ।

अहिलेको अवस्थामा विशेष गरी भारी वर्षाका कारण सेवा सञ्चालनमा असर पर्न गई केही समयको लागि सेवा अवरुद्ध हुन सक्छन् । यसै कुरालाई ध्यानमा राखि केही गरी अवरुद्ध भएमा यथाशक्य चाँडो सेवा पुनः सञ्चालनमा ल्याउन र्‍यापिड रेस्पोन्स टोली जिम्मेवार रहन्छ ।

यसैगरी, एनसेलले विपद् पूर्वतयारी स्वरूप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न प्रतिबद्ध रहेको एनसेलले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ ।

गत वर्ष मात्र एनसेलले मानव जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो ।

विभागको टोल–फ्रि सेवा ११५५ मा डायल गरेर बाढीसम्बन्धी पूर्वसूचना लिन पनि सकिने कम्पनीले जनाएको छ ।

Share News