नेपाल टेलिकमबाट एसईईको नतिजा हेर्न सकिने

<p>काठमाडौं । नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा थाहा पाउनका लागि विभिन्न सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एक विज्ञप्तिमार्फत  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०८० सालको एसईई परीक्षाको नतिजा विभिन्न तरिकाबाट थाहा पाउन सकिने जानकारी दिएको छ । टेलिकमका अनुसार ल्यान्डलाइन वा मोबाइल फोनबाट सिधै [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा थाहा पाउनका लागि विभिन्न सेवा सञ्चालनमा ल्याएको छ ।

टेलिकमले एक विज्ञप्तिमार्फत  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०८० सालको एसईई परीक्षाको नतिजा विभिन्न तरिकाबाट थाहा पाउन सकिने जानकारी दिएको छ ।

टेलिकमका अनुसार ल्यान्डलाइन वा मोबाइल फोनबाट सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिनेछ । त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ ।

नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा हेर्न सकिने टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । उनका अनुसार नतिजा प्रकाशित भएको केही समयपछि यो सुविधा प्रयोग गर्न सकिन्छ । एसईईको परीक्षा असार दोस्रो साताभित्रै प्रकाशन गर्ने परीक्षा बोर्डको तयारी छ ।

Share News