एनआईसी एशिया लघुवित्तका अध्यक्ष पौडेलको राजीनामा स्वीकृत

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक तथा अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत भएको छ । शुक्रबार साँझ ५ बजे बसेको संस्थाको २१८औं सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव दिपित श्रेष्ठले बताएका छन् । उनका अनुसार पौडेलले असार ६ गतेबाट लागु हुने गरी आफ्नो [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक तथा अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत भएको छ ।

शुक्रबार साँझ ५ बजे बसेको संस्थाको २१८औं सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव दिपित श्रेष्ठले बताएका छन् ।

उनका अनुसार पौडेलले असार ६ गतेबाट लागु हुने गरी आफ्नो बहाल पदबाट राजीनामा दिएका थिए ।

Share News