काठमाडौं महानगरले गर्यो सिंहदरबारबाट ४ बालश्रमिकको उद्धार

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रै चार जना बालश्रमिकको उद्धार गरेको छ । बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो । काठमाडौ महानगरपालिका मेयरका सचिवालय सदस्य धिरज जोशीले सिंहदरवारभित्रका विभिन्न क्यान्टिनमा काम गर्ने दुई बालक र दुई बालिकालाई उद्वार गरिएको बताए । चार जना बालबालिका मध्ये [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रै चार जना बालश्रमिकको उद्धार गरेको छ ।

बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो । काठमाडौ महानगरपालिका मेयरका सचिवालय सदस्य धिरज जोशीले सिंहदरवारभित्रका विभिन्न क्यान्टिनमा काम गर्ने दुई बालक र दुई बालिकालाई उद्वार गरिएको बताए । चार जना बालबालिका मध्ये तीन जनाको नागरिकता नभएको र एक जनाको नागरिकतामा १६ वर्ष उमेर भन्दा कम देखिएको बताए ।

उनले महानगर पालिकाले काठमाडौं महानगरभित्र हुने बाल शोषणलाई अन्त्य गर्नको लागि सिहदरबार तथा व्यक्तिको घरमा काम गर्ने बालबालिकालाई उद्वार गर्ने बताए । देशको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र जहाँ नागरिकता नलिई छिर्न नपाउने प्रशासनिक क्षेत्रमा नागरिकता नबनेका कलिला बच्चाहरुलाई काममा लगाएको पाइएको जानकारी दिए । भारतीय बालबालिका थिए भन्ने गुनासो आए पनि अनुगमनका क्रममा नभेटिएको बताए ।

बालश्रम विरुद्ध महानगरपालिका निरन्तर लागि रहने बताए । महानगरपालिका बालबालिकाको हकलाई लिएर गम्भिर रहेको बताए । दिनभरी काम गर्नु पर्ने र विद्यालय जान नपाउने भन्ने खबर आएपछि उनीहरुलाई उद्वार गरीएको बताए । महानगर पालिकाले सबै बाल उद्वारसम्बन्धि सरकारी निकायहरुसँगको समन्वयमा काम गरिरहेको जानकारी दिए ।

‘दुःखको कुरा हो । देशको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र हो । सिंहदरबारमा नागरिकता नलिई छिर्न पाउँदैन । नक्कली नागरिकता देखाउँदा पनि छिर्न पाउँदैनन । बालबालिकाहरुको नागरिकता देखाउन सक्नु भएको छैन । एक जनाले नागरिकता देखाए पनि १६ वर्ष मात्रै पुगेको छ । सबै बाल उद्वारसम्बन्धि सरकारी निकायहरुसँगको समन्वयमा काम गरिरहेका छौं’, उनले भने ।

महानगरपालिका केही दिनदेखि बालश्रमिक विरुद्ध अभियान चलाइरहेको छ ।

Share News