चौधरी ग्रुपको ग्रामीण दूरसञ्चार सेवा अनुमति खारेज

<p>काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडलाई ग्रामीण दूरसञ्चार सेवाका लागि दिएको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै सीजीलाई दिएको ग्रामिण दूरसञ्चार सेवाको अनुमतिपत्र नियमअनुसार नवीकरण नभएकाले स्वतः रद्द गरिएको जानकारी दिएको छ । सीजी कम्युनिकेसनले नवीकरण दस्तुरसहित निवेदन पेस नगरेका कारण [&hellip;]</p>

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडलाई ग्रामीण दूरसञ्चार सेवाका लागि दिएको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।

प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै सीजीलाई दिएको ग्रामिण दूरसञ्चार सेवाको अनुमतिपत्र नियमअनुसार नवीकरण नभएकाले स्वतः रद्द गरिएको जानकारी दिएको छ ।

सीजी कम्युनिकेसनले नवीकरण दस्तुरसहित निवेदन पेस नगरेका कारण अनुमतिपत्र दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम २०८०/८/१६ देखि स्वतः रद्द भएको प्राधिकरणको भनाइ छ ।

Share News