मुसहरनियाका किसानलाई उन्नत जातको धानको बिउ वितरण​

<p>धनुषा । उत्पादकत्व बढाउने उद्देश्यले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकाले किसानलाई निःशुल्क रूपमा उन्नत जातको धानको बिउ वितरण गरेको छ । पालिकाले कृषिमा संलग्न किसानको उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले सतप्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको हो । मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले धान उत्पादनमा वृद्धि ल्याउन, किसानलाई उत्साहित तथा आत्मनिरर्भर बनाउन निःशुल्क धानको [&hellip;]</p>

धनुषा । उत्पादकत्व बढाउने उद्देश्यले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकाले किसानलाई निःशुल्क रूपमा उन्नत जातको धानको बिउ वितरण गरेको छ ।

पालिकाले कृषिमा संलग्न किसानको उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले सतप्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको हो ।

मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले धान उत्पादनमा वृद्धि ल्याउन, किसानलाई उत्साहित तथा आत्मनिरर्भर बनाउन निःशुल्क धानको बिउ वितरण गरिएको बताए ।

किसानका मागका आधारमा जग्गाधनी पुर्जा हेरेर पर्याप्त मात्रामा बिउ उपलब्ध गराइएको उनले जानकारी दिए ।

अध्यक्ष यादवले भने, ‘यो पालिका क्षेत्रभित्र जति क्षेत्रफलमा धान उत्पादन हुन्छ सोअनुसार धानको बिउ ल्याएका छौं, बढी हुनसक्छ कम हुँदैन ।’

उनका अनुसार बहुगुणी-२, रामधान, हर्दिनाथ–६, लल्का बासमती, राधा–४ लगायत जातका १३ क्विन्टलभन्दा बढी बिउ वितरण गरिएको छ ।

अध्यक्ष यादवले धानको बिउ खरिद गर्न रु १० लाख बजेट विनियोजन गरिएको बताउँदै अहिलेसम्म रु सात लाख ९० हजारको बिउ खरिद गरिएको जानकारी दिए ।

उनले धानको बिउसँगै किसानलाई आवश्यक परामर्श, कृषि औजार तथा उपकरण वितरण गरिँदै आइएको बताए ।

Share News