रुखको हाँगा काटेर खसीलाई खुवाएको भन्दै मासु पसलेलाई ५ हजार जरिवाना

<p>ललितपुर । ललितपुर महानगरपालिकाले भैसिपाटिको एक मासु पसलले सडक छेउमा रोपेको रुखको हागाँ काटे बापत पाँच हजार जरिवाना तिराएको छ । महानगर प्रहरी गस्ति हिडिरहेको अवस्थामा रुखको हागाँ काटेर बाख्राहरुलाइ खुवाएको देखेपछि जरिवाना तिराएको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए । &#8216;रुखको हागाँ काटेर जरिवाना तिराएको सायद नेपालमै पहिलो होला&#8217;, उनले भने &#8216;ललितपुर महानगरले वातावरण [&hellip;]</p>

ललितपुर । ललितपुर महानगरपालिकाले भैसिपाटिको एक मासु पसलले सडक छेउमा रोपेको रुखको हागाँ काटे बापत पाँच हजार जरिवाना तिराएको छ ।

महानगर प्रहरी गस्ति हिडिरहेको अवस्थामा रुखको हागाँ काटेर बाख्राहरुलाइ खुवाएको देखेपछि जरिवाना तिराएको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

‘रुखको हागाँ काटेर जरिवाना तिराएको सायद नेपालमै पहिलो होला’, उनले भने ‘ललितपुर महानगरले वातावरण संरक्षणमा काम गरिरहेकोमा यस्तो अभ्यासले भोलि अरु ठाउमा पनि काट्न नदिन सचेत मात्र गराएका हौ ।’

महानगरले केही समयअघि मात्र १५ सदस्यीय वातावरण नगर प्रहरी बल गठन गरेर महानगरको वातावरण संरक्षणमा काम गरिरहेको छ ।

 

Share News