काठमाडौं महानगरले देशभरका विपन्न प्रहरीको निशुल्क उपचार गर्ने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरका विपन्न, असहाय बिरामीको उपचार गर्ने भएको छ । देशभरका कुनैपनि पालिकाको भएपनि महानगरका अस्पतालमा गरिने महानगरले जनाएको छ । विपन्न, असहाय बिरामीले आफ्ना पालिका बाट सिफारिस लिएर आएमा निशुल्क उपचार हुने महानगरका प्रमुख बालेन्द्र शाहले बताएका छन् । महानगरले ५२ अस्पतालका ३ सय ७४ बेडबाट निशुल्क सेवा दिदै आएको छ [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरका विपन्न, असहाय बिरामीको उपचार गर्ने भएको छ । देशभरका कुनैपनि पालिकाको भएपनि महानगरका अस्पतालमा गरिने महानगरले जनाएको छ ।

विपन्न, असहाय बिरामीले आफ्ना पालिका बाट सिफारिस लिएर आएमा निशुल्क उपचार हुने महानगरका प्रमुख बालेन्द्र शाहले बताएका छन् । महानगरले ५२ अस्पतालका ३ सय ७४ बेडबाट निशुल्क सेवा दिदै आएको छ । महानगर प्रमुख बालेनले कसैको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा रहेको भएपनि जानकारी गराइदिन आग्रह गरेका छन् ।

यस्तै उनले आफ्नो फेसबुक मार्फत यो सेवा पाउनका लागि ११८० मा फोन गर्न वा महानगरको स्वास्थ्य विभागमा सम्पर्क राख्न शाहले आग्रह गरेका छन् ।

Share News