काठमाडौं । चन्द्रागिरी नगरपालिकामा शनिबार सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिका र चन्द्रागिरी पूर्व सुरक्षाकर्मी परिषद्को संयुक्त आयोजनामा (नागढुङ्गा -ढुङ्गे अड्डा) सरसफाई गरिएको हो ।
उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरी, उप-प्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी, अध्यक्ष विक्रम पाण्डे लगायत नगर प्रहरी र पूर्व सुरक्षाकर्मीहरुको सयौँको संख्यामा उपस्थित थियो ।
पूर्व सुरक्षाकर्मी नगरपालिकाका सचिव नेपाली सेनाका अवकास प्राप्त प्रमुख सुबेदार सुब्बा थपलियाले विभिन्न ४ स्थानबाट सरसफाइ अभियान प्रारम्भ गरी करिब ३ घण्टा पछि उक्त अभियान समापन भएको बताए । उनले आगामी दिनहरुमा पनि नगरपालिका सँग सहकार्य गर्दै नगर भित्रका विभिन्न धार्मिक, सांस्कृति, एतिहासिक तथा पर्यटकीय महत्वको स्थानहरुमा सरसफाइ, स्वयं सेवकको भुमिका निर्वाह गर्दै नगर भित्र जुनसुकै कार्य गर्ने पनि जानकारी दिए ।
