कृषि विकास बैंकले १ हजार ४३४ जना आवेदकको परीक्षा शुल्क फिर्ता गर्दै

<p>काठमाडौं । कृषि विकास बैंकले अनलाईन आवेदनको फाराम रद्द भएका आवेदकहरूको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ । ३ वर्षअघि अनलाईन फाराम भरेका १ हजार ४३४ जना आवेदकको परीक्षा शुल्क फिर्ता गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार वि.सं २०७७ माघ ९ गते र वि.सं २०७९ असार २४ गतेको सूचनामा खुल्ला तर्फका विभिन्न पदहरूमा अनलाइनमार्फत [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंकले अनलाईन आवेदनको फाराम रद्द भएका आवेदकहरूको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ । ३ वर्षअघि अनलाईन फाराम भरेका १ हजार ४३४ जना आवेदकको परीक्षा शुल्क फिर्ता गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार वि.सं २०७७ माघ ९ गते र वि.सं २०७९ असार २४ गतेको सूचनामा खुल्ला तर्फका विभिन्न पदहरूमा अनलाइनमार्फत आवेदन दिएका तर, रीतपूर्वक नभएका दरखास्त फाराम अस्वीकृत भएकाले परीक्षा शुल्क रकम फिर्ता हुनेछ ।

आवेदन रद्द भएका आवेदकहरूले परीक्षा शुल्क फिर्ता लिनको लागि फागुन मसान्तभित्र निवेदन दिईसक्नु पर्ने बैंकले जनाएको छ ।

आवेदन अस्वीकृत भएका आवेदकहरूले परीक्षा शुल्क रकम फिर्ता लिन सम्बन्धित आवेदक स्वयंको खातामा जम्मा हुनेगरी खाता नम्बर उल्लेख गरी फाराम भर्दाको आवेदक नम्बर, नाम, ठेगाना, सम्पर्क नम्बर, तीनपुस्ते लगायतका विवरण तथा दस्तखत गरी बैंकको ईमेल वा शाखा मार्फत निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

यस्तै, बैंकबाट उल्लेखित खाता नम्बर र आवश्यक विवरण भिडाई रुजु भएमा सम्बन्धित आवेदकको खातामा जम्मा हुनेगरी फिर्ता भुक्तानी हुनेछ । साथै, बैंकमा खाता नभएका वा खाता खोल्न सम्भव नभएका आवेदकहरूले जनशक्ति व्यवस्थापन विभागमा स्वयं उपस्थित भई निवेदन दिनुपर्ने र बैंकले आवश्यक प्रक्रिया पुर्याई नियमानुसार फिर्ता भुक्तानी गर्ने बैंकले जनाएको छ ।

[pdf id=466059]

Share News