बजारमा नयाँ आयाम थप्दै एफवान सफ्ट, सञ्चालनमा ल्यायो ‘फोनपोईन्ट्स’ कम्पनी

<p>ललितपुर । नेपालको अग्रणी फिनटेक समूह एफवान सफ्ट ग्रुपले &#8216;फोनपोईन्ट्स&#8217; नामक कम्पनीको सुरुवात गरेको छ । एफवान सफ्टले पुस २५ गतेदेखि आधिकारिक रुपमा फोनपोईन्ट्सको सुरुवात गरेको हो । फोनपोईन्ट्सको उद्देश्य नेपालको &#8216;रिवार्डस्&#8217; र &#8216;लोयल्टी प्रोगाम&#8217; मार्केटमा नयाँ आयाम थप्नु रहेको छ । फोनपोईन्ट्स, लोयल्टी पोइन्टको &#8216;रिडेम्पसन&#8217; सुविधा प्रदान गर्दै उक्त पोइन्टहरूको प्रवर्द्धन र व्यवस्थापन गर्ने [&hellip;]</p>

ललितपुर । नेपालको अग्रणी फिनटेक समूह एफवान सफ्ट ग्रुपले ‘फोनपोईन्ट्स’ नामक कम्पनीको सुरुवात गरेको छ । एफवान सफ्टले पुस २५ गतेदेखि आधिकारिक रुपमा फोनपोईन्ट्सको सुरुवात गरेको हो ।

फोनपोईन्ट्सको उद्देश्य नेपालको ‘रिवार्डस्’ र ‘लोयल्टी प्रोगाम’ मार्केटमा नयाँ आयाम थप्नु रहेको छ । फोनपोईन्ट्स, लोयल्टी पोइन्टको ‘रिडेम्पसन’ सुविधा प्रदान गर्दै उक्त पोइन्टहरूको प्रवर्द्धन र व्यवस्थापन गर्ने एक प्लेटफर्म हो ।

फोनपोईन्ट्सको उद्देश्य ग्राहकहरुको दैनिक भुक्तानीलाई इनामदायी गराउनुको साथै उक्त प्लेटफर्ममा संलग्न व्यवसायीहरुको लागि एक लोयल्टी प्रोग्रामको पूर्वाधार सृजना गराउनु पनि हो ।

फोनपोईन्ट्सद्वारा ग्राहकहरुले विभिन्न व्यवसायी स्थानहरुमा भुक्तानीको दौरान केहि पोईन्ट्सहरु आर्जन गरी, सो पोईन्ट्सहरुबाट विभिन्न तरिकाको लाभहरु लिन मिल्ने आधार तयार गरिएको छ ।

कम्पनीको शुरुवात गर्दै फोनपोईन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलले भने- ‘हाम्रो मिशन प्रत्येक लेनदेनलाई रिवार्डिङ् बनाउनु हो । साथै, ग्राहक र हाम्रो पार्टनरहरूको व्यापारमा लोयाल्टी बढाउनु हो । फोनपोईन्ट्स एक लोयल्टी प्लेटफर्म मात्र नभई यो बिजनेसहरूलाई ग्राहक रिटेन र इन्गेज गर्नका लागि डिजाइन गरिएको एक समाधान हो ।’

Share News