एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा भएको छैन : प्राधिकरण

<p>काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको बताएको छ । बिहीबार सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले यस्तो बताएको हो । दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्ता पुँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनुपर्ने कानुनी प्रावधान पूरा नभएको प्राधिकरणले पठाएको पत्रमा [&hellip;]</p>

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको बताएको छ । बिहीबार सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले यस्तो बताएको हो ।

दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्ता पुँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनुपर्ने कानुनी प्रावधान पूरा नभएको प्राधिकरणले पठाएको पत्रमा उल्लेख छ ।

नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली २०७६ को विनियम ४ (क) बमोजिम समेत आफ्ना सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको अनुमति वा स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर एनसेलले उक्त व्यवस्थाको परिपालना नगरेकोले प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउन सक्ने समेत जानकारी गराएको छ ।

Share News