नेपाल टेलिकमको ४० प्रतिशत लाभांश घोषणा

<p>काठमाडौं । नेपाल टेलिकमले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी १६औं वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

Share News