मस्कले यहुदी विरोधी पोस्ट समर्थन गरेको भन्दै एक्समा एप्पललगायतले रोके विज्ञापन

<p>एजेन्सी । इलन मस्कले एक्स (ट्वीटर) प्राप्त गरेदेखि कम्पनीलाई विभिन्न समस्याले सताइरहेका छन् । अहिले भने मस्कको एक टिप्पणीले नयाँ विवाद सिर्जना गरेको छ । वास्तवमा, एक्स मालिक मस्कले सोशल मिडिया प्लेटफर्ममा यहुदी विरोधी पोस्टको समर्थन गर्दै एक टिप्पणी गरेका थिए। उक्त टिप्पणीका कारण एप्पल, आईबीएम, डिज्नी, लायन्सगेट र वार्नर ब्रदर्सलगायत धेरै ठूला प्रविधि र [&hellip;]</p>

एजेन्सी । इलन मस्कले एक्स (ट्वीटर) प्राप्त गरेदेखि कम्पनीलाई विभिन्न समस्याले सताइरहेका छन् । अहिले भने मस्कको एक टिप्पणीले नयाँ विवाद सिर्जना गरेको छ ।

वास्तवमा, एक्स मालिक मस्कले सोशल मिडिया प्लेटफर्ममा यहुदी विरोधी पोस्टको समर्थन गर्दै एक टिप्पणी गरेका थिए। उक्त टिप्पणीका कारण एप्पल, आईबीएम, डिज्नी, लायन्सगेट र वार्नर ब्रदर्सलगायत धेरै ठूला प्रविधि र मिडिया कम्पनीहरूले माइक्रोब्लगिङ साइटमा आफ्ना विज्ञापनहरू बन्द गर्ने निर्णय गरेका छन् ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले पनि मस्कको आलोचना गर्दै विज्ञप्ति जारी गरेको छ । ह्वाइट हाउसले मस्कको जवाफ अस्वीकार्य र यहुदी समुदायलाई खतरामा पार्ने जनाएको छ।

वास्तवमा, सोशल मिडियामा एक पोस्टले दाबी गरेको छ कि यहुदीहरूले गोरा मानिसविरुद्ध घृणा फैलाइरहेका थिए । यो ट्वीटको समर्थन गर्दै मस्कले लेखे, ‘बिल्कुल सत्य’ । उनको कमेन्टलाई धेरैले मन पराएका छैनन् ।

ब्लूमबर्गको रिपोर्टअनुसार एप्पलले एक्समा विज्ञापन नगर्ने निर्णय गरेको छ । एप्पल एक्सको प्रमुख विज्ञापनदाता हो । यसले २०२२ नोभेम्बरसम्म हरेक वर्ष १० करोड अमेरिकी डलरको विज्ञापन दिइरहेको थियो ।

दुई कम्पनीबीचको सम्बन्ध पहिलेदेखि नै राम्रो थिएन । अब मस्कको पोस्टले तरंग बढाएको छ । विवादपछि फिल्म स्टुडियो लायन्सगेट, वार्नर ब्रदर्स र कमकास्ट–एनबीसी युनिभर्सलले पनि घोषणा गरेका छन् कि उनीहरूले एक्समा विज्ञापन बन्द गर्ने छन् ।

यसबाहेक न्यूयोर्क टाइम्सले रिपोर्ट गरेको छ कि डिज्नीले सोशल मिडिया प्लेटफर्महरूमा आफ्ना विज्ञापनहरू रोक्ने निर्णय गरेको छ । चलचित्र निर्माण र वितरण कम्पनीका प्रवक्ताले एएफपी समाचार एजेन्सीलाई भने, ‘एलन मस्कको हालैको यहुदी विरोधी ट्वीटका कारण लायन्सगेटले एक्समा विज्ञापन रोकेको छ ।’

Share News