काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन अनुरोध गरेको छ ।
आइतबार सूचना प्रकाशित गर्दै प्राधिकरणले टिकटक प्रयोगमा रोक लगाउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको भएपनि अझै कुनै इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट टिकटक चलिरहेको भए खबर गर्न आग्रह गरेको हो।
प्राधिकरणको इमेलमा त्यस्ता कम्पनीका बारेमा जानकारी गराउन सेवाग्राहीलाई दूरसञ्चार प्राधिकरणले आग्रह गरेको हो ।
मन्त्रिपरिषद्को गत कात्तिक २७ गते बसेको बैठकले सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।