नेपाल क्लियरिङ्ग हाउसको ३० प्रतिशत लाभांश घोषणा, पारित गर्न डाक्यो साधारणसभा

<p>काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको २८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.५० प्रतिशत नगद गरी [&hellip;]</p>

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको २८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.५० प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १७ गते होटल र्याडिसन काठमाडौंमा दिउँसो साढे १२ बजे १२औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

साथै, कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउने प्रस्ताव गरेको छ । यस्तै, कुनै कम्पनी गाभ्ने वा मर्जर गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

Share News