ओपन एआईद्वारा च्याट जीपीटी-४ टर्वो लन्च, अब तत्कालको जानकारी पनि पाउन सकिने

<p>काठमाडौं । ओपन एआईले च्याट जीपीटी-४ टर्वो लन्च गरेको छ । जसले अब वास्तविक समयमा खोजेको विषयमा समेत जानकारी प्रदान गर्नेछ । जसका बारेमा कम्पनीले यो च्याटजीपीटीको सबैभन्दा उन्नत संस्करण भएको र यसले वास्तविक समयमा सही जानकारी उपलब्ध गराउने बताएको छ । ओपनएआईका सीईओ साम अल्टम्यानले आफ्नो पहिलो डेभलपर सम्मेलनमा यो घोषणा गरेका थिए। च्याटजीपीटी [&hellip;]</p>

काठमाडौं । ओपन एआईले च्याट जीपीटी-४ टर्वो लन्च गरेको छ । जसले अब वास्तविक समयमा खोजेको विषयमा समेत जानकारी प्रदान गर्नेछ । जसका बारेमा कम्पनीले यो च्याटजीपीटीको सबैभन्दा उन्नत संस्करण भएको र यसले वास्तविक समयमा सही जानकारी उपलब्ध गराउने बताएको छ । ओपनएआईका सीईओ साम अल्टम्यानले आफ्नो पहिलो डेभलपर सम्मेलनमा यो घोषणा गरेका थिए।

च्याटजीपीटी गत वर्ष नोभेम्बरमा लन्च गरिएको थियो र अहिले सम्म यसमा सेप्टेम्बर २०२१ सम्मको मात्र जानकारी प्राप्त गर्न सकिन्थ्यो अब भने २०२३ अप्रिल सम्मको जानकारी प्राप्त गर्न सकिने सीइओ साम अल्टम्यानले बताएका छन् ।

च्याट जीपीटी-४ ले कुनै तस्बिरलाई विश्लेषण गर्ने क्षमता राख्छ । यसका साथै यसले अब तीन सय पृष्ठ सम्म प्रश्नको जवाफ दिने गर्छ । यद्यपी हाल यो डेभलपर्सहरुको लागि मात्रै उपलब्ध भएको र केही समयमा नै आम प्रयोगकर्ताहरुमाझ ल्याउने सिइओ साम अल्टम्यानले बताएका छन् । च्याटजीपीटी-४ प्लस प्रयोगकर्ताहरुको लागि मात्रै हुने र शुल्क तिरेर मात्रै प्रयोग गर्न पाइने छ ।

Share News