काठमाडौं । एनसेल आजियाटा लिमिटेडले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि तत्काल ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई उक्त रकम उपलब्ध गराउने घोषणा गरेको हो ।
यस्तै, सोही क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्याउने प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र रुकुम (पूर्व)मा रहेका ग्राहकलाई ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराउने घोषणा समेत एनसेलले गरेको छ ।
यसरी पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । यो सेवा १५ दिनसम्म लागू हुने कम्पनीले जनाएकाे छ ।