
एजेन्सी । फोन निर्माता कम्पनी लाभाले भारतीय बजारमा ‘लाभा ब्लेज २ फाइभजी’ सेट सार्वजनिक गरेको छ ।
किफायती मूल्यमा उपलब्ध यो फाइभजी स्मार्टफोनमा ५००० एमएएच ब्याट्री जडित छ। यसमा ६.५६ इन्चको एलसिडी डिस्प्ले छ । ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा भएको लाभा ब्लेज २ फाइभजीसँग ग्लसी रियर प्यानल र ठूलो गोलाकार क्यामेरा आइल्यान्ड छ ।
लाभा ब्लेज २ फाइभजीको ४ जीबी र्याम र ६४ जीबी रोम भेरिएन्टको मूल्य ९ हजार ९ सय ९९ भारु राखिएको छ भने ६ जीबी र्याम र १ सय २८ जीबी रोम भेरिएन्टको मूल्य १० हजार ९ सय ९९ भारु तोकिएको छ ।
लाभाको यो स्मार्टफोन ग्लास ब्ल्याक, ग्लास ब्लु र ग्लास ल्याभेन्डर गरी तीन रङमा उपलब्ध छ ।
स्मार्टफोन लाभा ब्लेज २ फाइभजी बिक्री नोभेम्बर ९ बाट कम्पनीको आधिकारिक वेबसाइट र ई–कमर्स साइट एमजोनमा सुरु हुने र लाभाले आफ्ना ग्राहकलाई निःशुल्क होम डेलिभरी उपलब्ध गराउँदै आएको छ ।