
काठमाडौं । विश्वव्यापी प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोले आज भी सिरिजको नयाँ स्मार्टफोन भी२९ई फाइभजी सार्वजनिक गरेको छ ।
यो स्मार्टफोन मात्र ४२ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ भने कात्तिक १६ देखि कार्तिक १९ सम्म भी२९ई फाइभजीको प्रि–बुकिङ खुल्ला गरिएको छ ।
यो शानदार भी२९ई फाइभजीको प्रि–बुकिङ गरी ग्राहकहरुले ३ हजार ९ सय ९९ मूल्य बराबरको रिभरसङ्ग इयरबड प्राप्त गर्न सक्नेछन् । साथै, कार्तिक २० देखि यो स्मार्टफोन बिक्रीका लागि उपलब्ध हुनेछ ।
भिभो भी२९ई फाइभजीले स्टुडियो जस्तो दृश्य अनुभव प्रदान गर्दछ । भी२९ई फाइभजीमा स्मार्ट औरा लाइट पोट्र्रेटको साथै १ सय २० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ ।
यो स्मार्टफोन टेक्नोलोजिकल पावरहाउस हुनुका साथै एउटा फेसन स्टेटमेन्ट पनि हो । यो दुई उत्कृष्ट कलर भेरियन्ट – रोज गोल्डमा नानो–स्केल फोटोएचिङ टेक्निक र फरेस्ट ब्ल्याक लिभरेजिङ फ्लोराइट एजी ग्लासमा उपलब्ध छ ।
स्लिम फ्ल्याट फ्रेम र ६.६७ इन्चको स्क्रिन साइजका साथ, हालै लन्च गरिएको भिभो भी२९ई फाइभजीमा ६४एमपी ओआइएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, स्मार्ट औरा लाइट पोट्र्रेटको साथ स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, १२० हर्जको एमोलेड डिस्प्ले लगायतका आकर्षक विशेषता छन् ।
२४०० × १०८० रिजोलुसन र १२० हर्ज रिफ्रेस रेटको साथ आकर्षक तस्वीर र भिडियो प्रदान गर्दछ । यसमा क्वालकम स्न्यापड्रेगन ६ सय ९५ प्रोसेसर रहेको छ । ४ हजार ८०० एमएएच ब्याट्री रहेको छ जुन लामो समयसम्म चार्ज टिक्छ साथै यसमा ४४ वाटको फ्ल्यास चार्ज पनि रहेको छ । ८जीवी र्याम + २५६जीवी रोम तथा ८जीवी र्याम + ८जीवी एक्सटेन्डेड र्याम पनि रहेको छ ।
यो स्मार्टफोन ग्राहकहरुले नजिकैको रिटेल स्टोर र इकमर्स साइटबाट कात्तिक २० देखि खरिद गर्न सक्नेछन् ।