काठमाडौं । सवारी साधन चलाउनेहरुले ट्राफिक प्रहरीलाई नागरिक एपमा देखिने आफ्नो लाइसेन्स देखाए हुने भएको छ । ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा प्रहरीलाई नागरिक एपको लाइसेन्स देखाए मान्यता दिने व्यवस्था देशव्यापी लागू भएको नागरिक एपले जनाएको छ ।
सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै नागरिक एपले भनेको छ, ‘नेपाली नागरिकले सवारी चालक अनुमति पत्रको सक्कल प्रति नदेखाएको बाहेक अन्य ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौं ।
— NagarikApp (@nagarikapp) October 30, 2023