‘एआई’ मार्फत् सम्भव छ मानिसको सर्जरी ?

<p>काठमाडौं । पछिल्लो समयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को चर्चा विश्वभर निकै भइरहेको छ । के एआईको सहायताले मेडिकल जगतमा क्रान्ति आउन सम्भव छ ? के एआईले चिकित्सकको स्थान लिन सक्छ ? अहिले यी सबालहरुको जवाफ खोज्ने कोसिस वैज्ञानिकहरुले गरिरहेका छन् । युनिभर्सिटी कलेज अफ लन्डन जहाँ एआईको मद्दतले मानिसको मस्तिस्कको सर्जरी ट्रायल भइरहेको छ । ब्रिटेन [&hellip;]</p>

काठमाडौं । पछिल्लो समयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को चर्चा विश्वभर निकै भइरहेको छ । के एआईको सहायताले मेडिकल जगतमा क्रान्ति आउन सम्भव छ ? के एआईले चिकित्सकको स्थान लिन सक्छ ? अहिले यी सबालहरुको जवाफ खोज्ने कोसिस वैज्ञानिकहरुले गरिरहेका छन् ।

युनिभर्सिटी कलेज अफ लन्डन जहाँ एआईको मद्दतले मानिसको मस्तिस्कको सर्जरी ट्रायल भइरहेको छ । ब्रिटेन सरकारले सो ट्रायल सफल भएमा मेडिकल क्षेत्रमा क्रान्ति हुने बताएको छ ।

निकोला प्रशिक्षक सर्जन हुन्, उनले पहिलोपटक एआईको मद्दतद्वारा मस्तिस्कको सर्जरी गर्न सिकिरहेकी छन् । अहिले उनले एक नक्कली अपरेसन थियटरमा नक्कली मानिसमाथि सर्जनको अभ्यास गरिरहेकी छन् ।

यो पिट्युटरीको अप्रेसन हो, पिट्युटरीको बीच भागमा ट्युमर रहेको छ । ‘यसले निकै मद्दत मिलेको छ, यसको अप्रेसनको दौरानमा थाहा हुन्छ की अगाडि के हुनेवाला छ र मैले के गर्नुपर्छ’, निकोलाले भन्छिन् ।

एकातर्फ एआई निकोलालाई प्रशिक्षण दिने काम गरिरहेको छ भने अर्कोतर्फ दोस्रोतर्फ स्वयं आर्टिफिसियल इन्टेलिजेन्सले पनि सिक्ने काम गरिरहेको छ की वास्तविकतामा यो कसरी गर्न सकिन्छ भन्ने बारेमा ।

‘हामीलाई विश्वास छ की आगामी एक–दुई वर्षमा यो तरिकाको आर्टिफिसियल इन्टेलिजेन्सलाई अपेरसन थिएटरमा प्रयोग गरिन्छ, ताकि एआईको मद्दतबाट सर्जनलाई सहि निर्णय गर्न सजिलो हुन्छ’, न्युरो सर्जन हेनी मार्कसले बताए ।

अप्रेसन गरेका दुई सय भन्दा धेरै भिडियो हेरेर आर्टिफिसियल इन्टेलिजेन्सले सिक्ने काम गरेको छ । सामान्य चिकित्सकलाई यो अनुभव हासिल गर्न १० वर्ष लाग्छ, जबकी आर्टिफिसियल इन्टेलिजेन्सले १० महिनामा गरेको छ ।

प्रविधिको विकास भइरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्स बढाउने र मानिसको सुरक्षा गर्न अत्यन्त महत्वपूर्ण भइरहेको छ । ‘जुन खालको एआईसँग हामीले काम गरिरहेका छौं, यो सबै प्रविधि आधारित हुन्छ, म र मेरो टिममा रहेका वैज्ञानिकहरु सयौं घण्टा लगाएर यो तय गरिरहेका छौं, जुन जानकारी हामीले एआइमा फिट गरिरेहका छौं, त्यो सही हुन्छ’, स्पेशियलिटी रजिष्ट्रार दानियल खानले भने ।

यो प्रविधिले चिकित्सकको स्थान अहिले नै लिन त सक्दैन, तर उपचारको सन्दर्भमा भने भविष्यमा यसको प्रयोगको सम्भावना निकै नै रहेको छ ।
‘आउने केही दिनमा एआइले सर्जनलाई सहयोग गर्नेछ’, न्युरो सर्जन हेनी मार्कसले बताए । बिबिसी मार्फत् ।

Share News