
काठमाडौं । गुगलले एन्ड्रोइड एप तथा वेब युजर्सको लागि नयाँ एआई फिचर्स विकास गरेको छ । गुगलको नयाँ एआई सुविधा प्रयोग गर्न चाहनेले गुगलको नयाँ भर्सन डाउनलोड गर्नुपर्छ ।
एपको माथिल्लो बायाँ भागतर्फ नयाँ आइकन (सर्च लेब्स) देख्न सकिन्छ । यहाँबाट एसजीई अथवा सर्च जेनेरेटिभ एक्सपेरियन्स अन गर्न सकिन्छ । यसलाई अन गरेपछि एसजीई देखिन्छ । त्यसपछि गुगल एप रिफ्रेस भएर यो फिचर तपाईंको फोनमा एक्टिभ हुन्छ ।
त्यसपछि आफूलाई आवश्यक परेको विषय दिएपछि गुगलको एआइले सामग्री तयार गरिदिन्छ ।