
काठमाडौं । गुगले आफ्नो भिडियो प्लेफर्म युट्युबमा नयाँ सुविधा सहित अपडेट गरेकसो छ । नयाँ अपडेट पश्चात युट्युबमा गीत खोज्न सजिलो भएको छ । अब श्रोता तथा दर्शकहरुले आफूलाई मन परेको गीत गुनगुनाएर नै खोज्न सक्छन् ।
यसको साथै नयाँ अपडेटमा ‘स्टेबल भोलुम’ को पनि सुविधा थप गरिएको छ । केही सुविधा आइसकेका छन् भने केही सुविधा १/२ हप्तामा रोलआउट हुने युट्युवले जनाएको छ ।