गुगल प्ले स्टोरमा रहेको एप नक्कली हो की सक्कली भनेर कसरी छुट्याउने ?

<p>काठमाडौं । यदि तपाईं एन्ड्रोइड मोबाइल प्रयोग गर्नुहुन्छ भने अवश्य पनि तपाईंले गुगल प्ले स्टोरबाट एप्लिकेसनहरु डाउनलोड गर्नुहुन्छ । तर, धेरैलाई थाहा नहुन सक्छ की आफ्नो स्मार्टफोनमा डाउनलोड गरिएका एप्लिकेसन सक्कली हो की नक्कली ? तपाईं कसरी थाहा पाउनुहुन्छ की तपाईंले डाउनलोड गरेको एप्लिकेसन नक्कली हो की सक्कली ? यदि तपाईंमा सो विषयमा कुनै भ्रम [&hellip;]</p>

काठमाडौं । यदि तपाईं एन्ड्रोइड मोबाइल प्रयोग गर्नुहुन्छ भने अवश्य पनि तपाईंले गुगल प्ले स्टोरबाट एप्लिकेसनहरु डाउनलोड गर्नुहुन्छ । तर, धेरैलाई थाहा नहुन सक्छ की आफ्नो स्मार्टफोनमा डाउनलोड गरिएका एप्लिकेसन सक्कली हो की नक्कली ? तपाईं कसरी थाहा पाउनुहुन्छ की तपाईंले डाउनलोड गरेको एप्लिकेसन नक्कली हो की सक्कली ? यदि तपाईंमा सो विषयमा कुनै भ्रम छ भने एप्लिकेसन डाउनलोड गर्नु अगाडि तपाईंले यी विषयहरुमा ख्याल गर्नुहोस ताकी तपाईं समस्यामा पर्नबाट जोगिन सक्नुहुनेछ ।

१. गुगल प्ले स्टोरमा एपको डेभलपर चेक गर्नुहोस । आधिकारिक एपहरु सामान्यतया प्रतिष्ठित र व्यवसायिक डेभलपरहरुले निर्माण गरेका हुन्छन् । विश्वासिला एप निर्माणकर्ताहरुको बारेमा वेबसाइटबाट धेरै सूचना प्राप्त गर्न सकिन्छ र उनीहरुको ट्रयाक रेकर्ड पनि राम्रो हुन्छ ।

२.गुगल प्ले स्टोरमा एप्लिकेसको विषयमा लेखिएका समीक्षा र मूल्याङ्कन पढ्नुहोस्। वैद्यानिक एपहरूमा सामान्यतया सकारात्मक समीक्षाहरु र मूल्यांकन देख्न सकिन्छ । यदी एपमा कम समीक्षा छन् र सकारात्मक समीक्षा मात्रै छन् भने सावधान रहनुपर्छ । किनकी ती समीक्षा प्रायोजित हुनसक्छन् ।

३. तपाईंले डाउनलोडको संख्याबाट पनि एपको लोकप्रियता र विश्वसनीयताको अनुमान गर्न सक्नुहुन्छ। यदि कुनै एप धेरै संख्यामा डाउनलोड गरिएको छ भने त्यो वास्तविक हुने सम्भावना बढी हुन्छ।

४. गुगल प्ले स्टोरमा प्रदान गरिएको एपको विवरण र स्क्रिनसटहरू विश्लेषण गर्नुहोस्। कुनै पनि व्याकरणीय त्रुटि वा विसंगतिहरूमा ध्यान दिनुहोस्, किनकि यी नक्कली एपको संकेत हुन सक्छ।

५. जब तपाईंले एप इन्स्टल गर्नुहुन्छ त्यसपछि यसले तपाईंको मोबाइलमा केही पहुँच (एक्सेस) माग गर्नेछ । यदि एपले अनावश्यक वा अत्यधिक अनुमतिहरू अनुरोध गर्न थाल्यो भने तपाईं सतर्क रहनुहोस । उदाहरणका लागि टर्चलाइट एपलाई तपाईंको सम्पर्क नम्बर वा म्यासेजमा एक्सेस आवश्यक पर्दैन ।

६. तपाईंले डाउनलोड गर्न चाहेको एपको आधिकारिक वेबसाइट छ कि छैन जाँच गर्नुहोस्। वैद्यानिक एपहरूको प्राय डेभलपरको बारेमा विस्तृत जानकारी दिने आधिकारिक वेबसाइटहरु रहेका हुन्छन् ।

७. गुगल प्ले स्टोरबाट मात्रै एपहरू डाउनलोड गर्नुहोस्। अज्ञात स्रोतहरूबाट एपिके फाइलहरू डाउनलोड नगर्नुहोस् । किनभने तिनीहरूमा मालवेयर वा नक्कली एपहरू हुन सक्छन्।

८. नक्कली एप वा मालवेयरबाट बच्नको लागि मोबाइल वा स्मार्टफोनमा एन्टिभाइरस राखेर पनि केही हदसम्म सुरक्षित हुन सकिन्छ ।

Share News