मान्छेको मस्तिस्क पढ्ने न्युरोटेक्नोलोजी, मस्तिस्कको तथ्यांक बिक्री गर्दै कम्पनीहरु

<p>काठमाडौं । यदि तपाईको दिमागमा के भइरहेको छ त्यो कम्प्युटर स्क्रिनमा लेखियो भने तपाईंले कस्तो अनुभव गर्नुहोला त्यो बेला ? यस्तो विषय न्यूरोटेक्नोलोजी उपकरणहरू अर्थात् दिमाग पढ्ने मेसिनहरू मार्फत सम्भव छ। यसबाट कसैले के सोचिरहेको छ भनेर थाहा पाउन सकिन्छ। यो सुन्दा जति राम्रो लाग्छ, त्यति नै खतरनाक पनि रहेको छ । पछिल्लो समयमा यस्ता [&hellip;]</p>

काठमाडौं । यदि तपाईको दिमागमा के भइरहेको छ त्यो कम्प्युटर स्क्रिनमा लेखियो भने तपाईंले कस्तो अनुभव गर्नुहोला त्यो बेला ? यस्तो विषय न्यूरोटेक्नोलोजी उपकरणहरू अर्थात् दिमाग पढ्ने मेसिनहरू मार्फत सम्भव छ। यसबाट कसैले के सोचिरहेको छ भनेर थाहा पाउन सकिन्छ। यो सुन्दा जति राम्रो लाग्छ, त्यति नै खतरनाक पनि रहेको छ ।

पछिल्लो समयमा यस्ता उपकरणहरूको संख्या विश्वव्यापी रूपमा बढ्दै गएको छ। कानून बनाएर नियमन गरिएन भने मानवता र विशेषगरी मानिसको गोपनियताका लागि यो प्रविधि सबैभन्दा ठूलो खतरा हुने विज्ञहरुले बताएका छन् ।

कोलम्बिया विश्वविद्यालयका स्नायु वैज्ञानिक राफेल युस्टेले न्युरोफाइट्स फाउन्डेसन स्थापना गरेका छन्। १८ कम्पनीले आफ्ना उपभोक्तालाई उनीहरुको ब्रेन डाटा लिनको लागि कम्पनीलाई पूर्ण अधिकार दिन दबाब दिइरहेको वैज्ञानिक युस्टेले बताएका छन् । ती मध्ये एक कम्पनीले सो डाटा कुनै तेस्रो व्यक्तिलाई दिने अधिकार पनि लिएको छ ।

न्यूरोटेक्नोलोजीमा सरकारको ध्यान केन्द्रित नभएको र तिव्र गतिमा बढिरहेका यस्ता उद्योगले मनमानी रवैया अपनाएकोले यो सबै भइरहेको ती वैज्ञानिकको दाबी छ । यिनलाई अहिले नै नियन्त्रण गर्न सकिएन भने आगामी दिनमा मानव दिमागलाई नियन्त्रण गर्न थाल्ने उनले बताएका छन् ।

मानिसको सोच र व्यवहार नियन्त्रण गर्न सक्छ

मानिसहरूलाई उनीहरूको सोच र व्यवहार परिवर्तन गर्नबाट रोक्ने न्यूरोटेक्नोलोजिकल उपकरणहरूले मानिसहरूको सोच र व्यवहार दुवै परिवर्तन पनि गराउन सक्छ। त्यसैले मस्तिष्क निगरानी उपकरणहरू नियन्त्रण गर्न आवश्यक भएको वैज्ञानिकहरुको भनाइ छ । नर्थ क्यारोलिनाको ड्यूक विश्वविद्यालयकी नैतिकताविद् नीता फरहानीले नीति निर्माताहरू विशेष गरी राजनीतिमा संलग्नहरूले मानिसहरूलाई आफ्नो पक्षमा पार्न न्यूरोटेक्नोलोजिकल उपकरणहरू प्रयोग गर्नसक्ने बताएकी छन् ।

ठूला न्यूरोटेक्नोलोजिकल कम्पनीहरूदेखि स्टार्टअपहरूसम्मले मानव मस्तिस्क गतिविधिको रेकर्ड गर्न सक्ने हेडसेट, इयरबड लगायत प्रविधि बनाइरहेका छन् । यी कम्पनीहरूले प्रविधिको माध्यमबाट मानव मस्तिष्कको डाटाबेस बनाएर अन्य कम्पनीहरूलाई यो डाटा बेचिरहेका छन्। यस्तो कामले मानिसको व्यक्तिगत गोपनियता जोखिममा पर्दै गएको छ । अन्य कम्पनीहरूले यी डाटाको आधारमा नयाँ उत्पादन सिर्जना गरिरहेका छन्।

युनेस्कोको न्यूरोटेक्नोलोजी प्रतिवेदनका अनुसार सन् २०१५ देखि २०२० सम्मको ५ वर्षमा विश्वभर न्यूरोटेक्नोलोजीसँग सम्बन्धित पेटेन्ट लिनेको संख्या दोब्बर भएको छ । सन् २०१० देखि २०२० सम्ममा न्यूरोटेक्नोलोजीको क्षेत्रमा २२ गुणाले बढेको छ । हाल विश्वभर न्यूरोटेक्नोलोजीको व्यापार ४२० लाख करोड रुपैयाँभन्दा बढीको भएको छ । कम्पनीहरूले जुन गतिमा सो क्षेत्रमा अनुसन्धान र लगानी गरिरहेका छन् त्यसबाट यो क्षेत्रको विकास निकै तिव्र हुने अनुमान गरिएको छ ।

यही जुलाई महिनामा युनेस्कोले पेरिसमा न्यूरोटेक्नोलोजीका फाइदा र खतराहरूका बारेमा छलफल गर्ने उद्देश्यले सेमिनारको आयोजना गरेको थियो । सो सेमिनारमा धेरै देशका स्नायु वैज्ञानिक, नीति निर्माता र मन्त्रीहरुको सहभागिता रहेको थियो । सेमिनारमा बोल्दै युनेस्कोका सामाजिक तथा मानवशास्त्रीय विज्ञानका सहायक महानिर्देशक ग्याब्रिएला रामोसले यो प्रविधिको विषय भन्दापनि सामाजिक कानूनी विषय भएकाले छिट्टै कानून बनाउन आवश्यक भएको बताएका थिए । एजेन्सीको सहयोगमा ।

Share News