
काठमाडौं । ओपन एआईको चर्चित च्याटबट च्याट जिपिटीको एन्ड्रोइड मोबाइल लक्षित एप्लिकेसन सार्वजनिक भएको छ । केही समय अगाडि देखि नै प्ले स्टोरमा देखिएको सो एप नेपालका प्रयोगकर्ताहरुले भने तत्काल डाउनलोड गर्न नपाएर रजिस्टर मात्रै गर्न पाउनेृृछन् ।
शुरुमा अमेरिका, भारत बंगालादेश र ब्राजिलमा सो एप चल्नेछ भने अन्य देशमा केही दिनपछि मात्रै डाउनलोड गर्न सकिनेछ । एक हप्ता अगाडि आइओएस भर्सनमा उपलब्ध भएको सो एप एक हप्तापछि मात्रै एन्ड्रोइड भर्सनमा उपलब्ध भएको हो । यहाँ क्लिक गरेर तपाईंले च्याटजिपिटी एन्ड्रोइड भर्सनमा डाउनलोड गर्न सक्नुहुनेछ ।