काठमाडौं । भिभोले जुलाई १ देखि जुलाई ३१ सम्म ‘मनसुन फेस्टिभल’ योजना ल्याएको छ । जसअन्तर्गत वाई सिरिजका डिभाइसहरूमा भिभोले मूल्य घटाएको छ । यो रमाइलो र प्रचुर मौसमको सुरुवातलाई रोमाञ्चक तरिकाले मनाउन र वाई सिरिजका स्मार्टफोनहरूको ठूलो मागलाई ध्यानमा राख्दै, ब्रान्डले वाई२२एस, वाई१५सी, वाई१६, वाई०२, वाई२२ र वाई०१ स्मार्टफोनहरूमा भारी मात्रामा केहि समयका लागि विशेष छुट दिने घोषणा गरेको छ । ग्राहकहरुले नेपालका विभिन्न स्थानहरू रहेका भिभोको रिटेल स्टोरहरूमा तथा इ–कमर्स साइटहरूमा यस अफरको भरपूर लाभ लिन सक्छन् ।
वाई२२एस
भिभो वाई२२एस मा शक्तिशाली स्न्यापड्रागन ६८० प्रोसेसर रहेको छ जसले हरेक कार्यलाई सहज बनाउँछ । यो उपकरणमा १८ वाटको फास्ट चार्ज सहितको बलियो ५०००एमएएच ब्याट्री रहेको छ जसले तपाईका सम्पूर्ण कार्यहरू र मनोरञ्जनात्मक गतिविधिहरूको लागि निर्बाध रुपमा समर्थन गर्दछ । यस स्मार्टफोनको मुल्य २७,९९९ रुपैयाँबाट घटाइएको छ र यस अफर अवधि भरि वाई२२एस २५,४९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
वाई१५सी
वाई१५सी एचडी प्लस स्क्रिन र आई प्रोटेक्शन मोड सहित ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्लेमा आउँछ । यो स्मार्टफोन इमर्सिभ र उत्कृष्ट मनोरञ्जनात्मक अनुभवका लागि युवाहरूमाझ निकै लोकप्रिय भएको छ । स्मार्टफोनमा शक्तिशाली ५००० एमएमएच ब्याट्री, साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली १३एमपीको डुअल क्यामेरा पनि रहेको छ, यी सबै विशेषताहरुले गर्दा यस स्मार्टफोनलाई बजारमा अझ आकर्षक बनाएको छ । यस उपकरणको मूल्य १७,९९९ रुपैयाँबाट घटेर १४,९९९ रुपैयाँपुगेको छ ।
वाई१६
वाई१६ स्मार्टफोनमा सुलभ मूल्य फ्ल्यागशिप स्मार्टफोनको अनुभव प्रदान गर्न स्लीक डिजाइन र शक्तिशाली प्रोसेसिंग क्षमताहरू रहेको छ । यस स्मार्टफोनमा ४जीवी र्याम + ६४जीवी रोम रहेको छ । साथै, यसमा ५००० एमएएच ब्याट्री र शिघ्र पहुँच र प्रयोगकर्ताहरूलाई सहज ह्यान्डलिङ अनुभव प्रदान गर्नका लागि साइड फिंगरप्रिन्ट स्क्यानर रहेको छ । यसबाहेक, प्रचुर फिचर रहेको यस डिभाइसमा ए आई डुअल क्यामेरा प्रणाली छ जसमा १३ एमपी प्रमुख क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा रहेको छ । यसबाट प्रयोगकर्ताहरूले आकर्षक तस्बिरहरू खिच्न सक्छन् । १८,९९९ रुपैयाँ मुल्य रहेको यस स्मार्टफोन मनसुन फेस्टिभल अफरअन्तर्गतको छुट पश्चात नयाँ मुल्य १७,९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
वाई०२
वाई०२ एक नवीन र सुविधायुक्त स्मार्टफोन हो जुन ५०००एमएएच ब्याट्री र २जीवी र्याम + ३२जीवी स्टोरेजमा आउँछ । यसमा ६.५१ इन्चको एचडी+ इन्सेल डिस्प्लेको साथमा आइ प्रोटेक्शन मोड रहेको छ जसले उत्कृष्ट भ्यूइंग अनुभव प्रदान गर्दछ । यो डिभाइस दुई प्रभावशाली रङहरू – कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ । यसमा २.५डी स्लिम बडी डिजाइन रहेको छ जसले गर्दा यो स्मार्टफोनलाई हेर्दा पनि आकर्षक र समात्न पनि सहज बनाउँछ । प्रयोगकर्ताहरु माझँ निकै लोकप्रिय यो स्मार्टफोनको मूल्य १२,४९९ रुपैयाँबाट घटाएर अफर अवधिका लागि ११,९९९ रुपैयाँमा उपलब्ध गराइनेछ ।
वाई२२
वाई२२ ले यसको प्रभावकारी लुक्स, नवीनतम इमेजिङ प्रणाली र उत्कृष्ट कार्यसम्पादनका लागि देशभरबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । शक्तिशाली मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको यस स्मार्टफोनमा १८ वाटको फास्ट चार्ज र ५०००एमएएच ब्याट्री रहेको छ । यसको क्यामेरा सुविधाहरूको कुरा गर्दा, फोनमा ५० एमपी रियर क्यामेरा छ जसको माध्यमबाट प्रयोगकर्ताहरूले भिडियो फेस ब्यूटी फिचर जस्ता नवीन विशेषताहरुको आनन्द लिन सक्छन् । साथै यसमा मल्टी स्टाइल पाट्र्रेट सुविधा र सुपर नाइट मोड जस्ता क्यामेरा विशेषताहरु रहेका छन् । यो आकर्षक स्मार्टफोनको बजार मुल्य २२,९९९ रुपैयाँभएतापनि ३१ जुलाईसम्म २१,४९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
वाई०१
वाई०१ स्मार्टफोनमा ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्ले र विशाल ५०००एमएएच ब्याट्री रहेको छ, जसले धेरै कार्यहरुका लागि प्रयोग गर्न सकिने र गेम पनि खेल्न मन पराउनेहरूका लागि सुलभ र पहुँचयोग्य मुल्यमा सुविधायुक्त स्मार्टफोन प्रदान गर्ने लक्ष्य राखेको छ । यसबाहेक, वाई०१ मा स्टाइलिश थ्रीडी ब्याक कभर रहेको छ । यसको ८.२८ एमएम पातलो बडीले फोनलाई समकालीन रुपमा सुन्दर र आकर्षक बनाएको छ । १३,९९९ रुपैयाँबजार मुल्य रहेको यो स्मार्टफोन अफर अवधि अर्थात ३१ जुलाईसम्म १२,९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
यस मनसुनलाई रमाइलो बनाउन भिभोले आफ्ना प्रिय प्रयोगकर्ताका लागि उनीहरुको लोकप्रिय स्मार्टफोन खरिदमा पैंसा बचतका लागी लाभदायक योजना ल्याएको छ । अब आजै गएर आफ्नो मनपर्ने भिभो स्मार्टफोन किन्ने होइन त?