काठमाडौं । मल्टि ब्रान्ड ईलेक्ट्रोनिक्स सोरूम सीजी डिजिटलको नयाँ सोरूम भक्तपुरको गट्ठाघरमा संचालनमा आएको छ । बुधबार भक्तपुरका समाजसेवी तथा भूतपूर्व मन्त्रि महेश बस्नेतले सोरुमको उद्घाटन गरेका थिए ।
उक्त सोरुममा सीजी ईलेक्ट्रोनिक्स अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित ब्रान्डहरु एलजी, सीजी, गोदरेज, टिसिएल। सेन्सी केन्ट, पिजन, एलिका, ब्ल्याक डेकोर, बेको र माईडिया जस्ता ब्रान्डहरुका ७०० भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध रहने कम्पनीले जानकारी दिएको छ ।
साथै, ग्राहक वर्गलाई मध्यनजर गर्दै सोरुमले फ्री डेलिभोर, लोयल्टी प्रोग्राम, फ्रि माईक्रोवेभ ओभन कुकिङ क्लासरडेमो, ० प्रतिशत ब्याज दरमा किस्ताबन्दि, एक्स्चेन्ज अफर जस्ता सुविधाहरु पनि उपलब्ध गराएको छ । यो कम्पनीको २३औं सोरुम हो ।