आईफोनमा स्याटेलाइट इन्टरनेट सुविधा प्राप्त हुने, कसरी गर्छ काम ?

<p>काठमाडौं । भविष्यमा आईफोनमा स्याटेलाइटबाट प्रदान गरिने सुविधाहरु उपलब्ध हुने भएको छ । एप्पलको साझेदार ग्लोबल स्टारले आईफोनमा स्याटेलाइट सुविधा विस्तार गर्ने संकेत दिएको छ । यदि तपाईं आइफोनको प्रयोगकर्ता हुनुहुन्छ भने यो तपाईंको लागि राम्रो खबर हुन सक्छ । एप्पलको आईफोनमा स्याटेलाइटको माध्यमबाट छिट्टै नै इन्टरनेट सुविधा प्राप्त हुन सक्छ । पीसी म्यागको एक [&hellip;]</p>

काठमाडौं । भविष्यमा आईफोनमा स्याटेलाइटबाट प्रदान गरिने सुविधाहरु उपलब्ध हुने भएको छ । एप्पलको साझेदार ग्लोबल स्टारले आईफोनमा स्याटेलाइट सुविधा विस्तार गर्ने संकेत दिएको छ ।

यदि तपाईं आइफोनको प्रयोगकर्ता हुनुहुन्छ भने यो तपाईंको लागि राम्रो खबर हुन सक्छ । एप्पलको आईफोनमा स्याटेलाइटको माध्यमबाट छिट्टै नै इन्टरनेट सुविधा प्राप्त हुन सक्छ । पीसी म्यागको एक रिपोर्टले भविष्यमा आइफोनमा स्याटेलाइटको माध्यमबाट धेरै सुविधाहरु प्राप्त हुनसक्ने बताएको छ ।

एप्पलले आफ्नो उत्पादन आईफोन–१४ सेरिजमा स्याटेलाइट फिचरको रुपमा एसओएस सुविधा समावेश गरेको थियो । जसको प्रयोग गरेर कोही पनि व्यक्ति मोबाइल नेटवर्क र वाइफाई कभरेजबाट बाहिर हुँदा स्याटेलाइटको माध्यमबाट आपतकालिन सेवाको लागि एसओएस पठाउन सकिने सुविधा रहेको थियो । साथै स्याटेलाइटको माध्यमबाट मानिसहरुले आफ्नो स्थान सेयर गर्नको लागि फाइन्ड माइ एप पनि प्रयोग गर्न सक्ने सुविधा रहेको छ ।

रिपोर्टअनुसार एप्पल आईफोनमा रहेको सो सुविधाको विशेषतालाई भ्वाइस कल र इन्टरनेट सम्म विस्तार गर्न खोजिएको छ । एफसीसी फाइलिङ टी–मोबाइल अथवा स्पेसएक्सको अनमोडिफाइड टी–मोबाइलका लागि पावर स्याटेलाइट इन्टरनेट सेवा आधारित रहेको छ ।

ग्लोबल स्टारका अनुसार ग्लोबल सटारको एमएसएस सिस्टम आफ्नो लाइसेन्स प्राप्त गरेका स्पेक्ट्रमहरुमा प्रत्यक्ष रुपमा हेन्डसेटमा सुविधा दिनेगरी निरन्तर विकसित हुनेछ ।

Share News