
काठमाडौं । इकमर्स प्लेटफर्म एसवाई बजार र त्रिवेणी ग्रुपबीच सम्झौता भएको छ । त्रिवेणी ग्रुपका विभिन्न इलेक्ट्रिक ब्राण्डका सामाग्री एसवाई बजारमा उपलब्ध गर्ने/गरिने दुई पक्षबीच सम्झौता भएको हो ।
त्रिवेणी समूहसँग सम्झौता भएसँगै अब अनलाइन सपिङ सेन्टर एसवाई बजारमा सामसुङका सबै प्रकारका इलेक्ट्रिक ब्राण्ड, प्यानासोनिक, स्यामसुई, सानसुई र यसुधाका इलेक्ट्रिक सामाग्री पाइने छन् ।
उक्त इलेक्ट्रिक सामाग्री सर्वसाधारणका लागि सर्वसुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ त्रिवेणी ग्रुपसँग सम्झौता भएको एसवाई बजारका प्रवन्ध निर्देशक बिमलराज गोसाईंले बताए । सो सामग्री अन्य ठाउँको भन्दा कम मूल्यमा उपलब्ध हुने उनकाे भनाइ छ ।
एसवाई बजारको यस लिङ्कमा गएर सामान अर्डर गर्न सकिनेछ ।