नेपालमै पहिलो पटक ईसेवाको रकम एभरेष्ट बैंकको एटिएमबाट झिक्न मिल्ने

<p>काठमाडौं । डिजिटल वालेट ईसेवामा रहेको रकम एभरेष्ट बैंकबाट झिक्न मिल्ने भएको छ । नेपालमै पहिलो पटक एभरेष्ट बैंकको एटिएम मेसिनबाट ईसेवा कनेक्ट गरी रकम झिक्न मिल्ने भएको हो । ईसेवा प्रयोगकर्ताले बैंकको एटिएम मेशिनमा कनेक्ट गरी रकम झिक्नका लागि बुधबार ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्का र एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत [&hellip;]</p>

काठमाडौं । डिजिटल वालेट ईसेवामा रहेको रकम एभरेष्ट बैंकबाट झिक्न मिल्ने भएको छ । नेपालमै पहिलो पटक एभरेष्ट बैंकको एटिएम मेसिनबाट ईसेवा कनेक्ट गरी रकम झिक्न मिल्ने भएको हो ।

ईसेवा प्रयोगकर्ताले बैंकको एटिएम मेशिनमा कनेक्ट गरी रकम झिक्नका लागि बुधबार ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्का र एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसईओ) विजय शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

ईसेवाले प्रयोगकर्ताहरुका लागि जहिले पनि नयाँ इनोभेट ल्याइरहेको सीईओ खड्काले बताए । ईसेवाले नेपालमै पहिलो पटक अदभूत सेवा प्रयोगकर्ताहरुका लागि ल्याएको हुँदा कारोबार गर्न सहज हुने उनको भनाइ छ ।

एभरेष्ट बैंकका डीसीईओ शर्माले वाणिज्य बैंकले वालेट कम्पनीहरुसँग पनि सहकार्य गरेर आफ्नो सेवालाई विस्तार गरिरहेको बताए । सहज रुपमा सबै ईसेवा प्रयोगकर्ताहरुले बैंकको एटिएम मेसिनबाट रकम झिक्न सक्ने उनको भनाइ छ ।

Share News